सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय
अदालत

कांग्रेसको आधिकारिकता विवादमा बहस गर्न इजलासमा पुगे उपसभापतिद्वय शर्मा र भुसाल

शुक्रबार, ०४ वैशाख २०८३, १३ : ५९
शुक्रबार, ०४ वैशाख २०८३

सारांश

  • नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादबारे सर्वोच्च अदालतमा बहस भइरहेको छ।
  • अदालतमा चलिरहेको बहसका लागि कांग्रेस उपसभापतिद्वय विश्वप्रकाश शर्मा र पुष्पा भुसाल इजलासमा पुगेका छन्।

काठमाडौँ । नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादबारे परेको रिटमा सर्वोच्च अदालतमा बिहीबारदेखि सर्वोच्च अदालतमा बहस भइरहेको छ । बिहीबारबाट भइरहेको बहसमा आज विपक्षीको बहस गर्ने पालो छ ।

तत्कालीन सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले दायर गरेको रिटमा गत पुसमा सम्पन्न विशेष महाधिवेशनबाट सभापति चयन भएका गगन थापा र उपसभापति विश्वप्रकाश शर्मालाई विपक्षी बनाइएको छ । 

आफूहरू विरुद्ध परेको रिटमा बहस गर्न कांग्रेस उपसभापति विश्वप्रकाश शर्मा र पुष्पा भुसाल सर्वोच्च अदालतमा पुगेका हुन् ।  अहिले सर्वोच्च अदालतमा ‘टी ब्रेक’ भइरहेको छ । त्यसपछि शर्मा र भुसालले बहस गर्ने अदालतले जानकारी दिइरहेको छ । 

गत माघ ४ गते परेको रिटमा बिहीबारबाट बहस सुरु भएको हो । हिजो रिट निवेदक पक्षका अधिवक्ता र सरकारी वकिलले बहस गरेका थिए । देउवा र खड्काले विशेष महाधिवेशनबाट आएको समिति र निर्वाचन आयोगलाई विपक्षी बनाएका थिए । हिजो आयोगका तर्फबाट सरकारी वकिलले बहस गरेका हुन् । विशेष महाधिवेशनलाई निर्वाचन आयोगले आधिकारिकता दिएकाले उसलाई पनि रिट निवेदनमा विपक्षी बनाइएको थियो । 

विपक्षी तर्फका अधिवक्ताहरूले बहस सकेपछि इजलासले रिट निवेदक रहेका पूर्वसभापति शेरबहादुर देउवा र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काका तर्फबाट जवाफका लागि इजलासले एक घण्टाको समय छुट्टाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप