आइतबार पनि अन्तरङ्ग र आकस्मिक सेवा सुचारु हुने
शुक्रबार, ०४ वैशाख २०८३, १७ : ०५
सारांश
- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतबार पनि अस्पतालका अन्तरङ्ग र आकस्मिक सेवाहरू २४ सै घण्टा सुचारु रहने जानकारी दिएको छ।
- मन्त्रालयले बिदाका दिनमा बिरामीले सास्ती नभोगुन् भनी अस्पतालहरूलाई सेवा सुचारु राख्न र एम्बुलेन्स तयारी अवस्थामा राख्न निर्देशन दिएको छ।
काठमाडौँ । अस्पतालमा आइतबार पनि अन्तरङ्ग र आकस्मिक सेवाहरू २४ सै घण्टा सुचारु हुने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै साे कुराकाे जानकारी दिएकाे हाे ।
विज्ञप्तिमा ‘हप्तामा दुई दिन बिदा’को नीति अनुरूप आइतबारका पूर्व निर्धारित शल्यक्रिया लगायतलाई बिरामीको सहजता हेरी रिसेड्युल गरेर अन्तरङ्ग र आकस्मिक सेवा २४ सै घण्टा सुचारु गरिने जनाइएकाे छ ।
मन्त्रालयले बिदाका दिनहरूमा बिरामीले कुनै सास्ती भोग्न नपरोस् भनी अस्पतालहरूले सम्भव भएसम्मका सेवा प्रदान गर्न, उपलब्ध नभएका सेवाका लागि नजिकैको उपयुक्त अस्पतालमा सहज रूपमा रेफर गर्न र एम्बुलेन्सहरू तयारी अवस्थामा राख्ने व्यवस्था मिलाउन समेत अस्पतालहरूलाई अनुरोध गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
-
रास्वपा महाधिवेशनको दोस्रो दिन: बन्द सत्रको कार्यतालिका संशोधन
-
राप्रपाका पूर्वअध्यक्षत्रयको संयुक्त वक्तव्य, ‘हाम्रै जीवनकालमा पार्टी पतन भएको हेर्न चाहँदैनौं’
-
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन
-
तनहुँमा आर्थिक गणना : लक्ष्यभन्दा बढी प्रतिष्ठान समेटिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण