आचारसंहिता विपरीत टिकटक बनाएपछि काउन्सिलले सोध्यो डा. साहलाई लिखित स्पष्टीकरण
शुक्रबार, ०४ वैशाख २०८३, १९ : २७
काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले डा. सुधीर प्रसाद साहलाई स्पष्टीकरण सोधेको छ । शुक्रबार काउन्सिलले सिद्धार्थनगर सिट अस्पताल भैरहवामा कार्यरत साहलाई शुक्रबार सात दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न भनेको हो ।
सामाजिक सञ्जाल टिकटकमा विभिन्न समयमा अपलोड गरिएका भिडियो सामग्रीलाई काउन्सिलले अनुगमन तथा अध्ययन गरेको थियो । काउन्सिलको आचारसंहिता उल्लङ्घन गरिएको पाइएकाले किन कारबाही नगर्ने भन्दै सात दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न भनिएको हो ।
तोकिएको समयमा स्पष्टीकरण पेस नगरिएमा प्रचलित कानुन बमोजिम कारबाही हुने काउन्सिलका रजिष्ट्रार सतिस कुमार देवले बताए ।
_0cDt18XQ3S.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पनि उत्तिकै सान्दर्भिक छन् जोन मेन्यार्ड किन्स
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण