शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

सबैका लागि फाइदाजनक छैन उखुको जुस

शनिबार, ०५ वैशाख २०८३, ०६ : १४
शनिबार, ०५ वैशाख २०८३

सारांश

  • उखुको जुसमा उच्च चिनीको मात्रा हुने भएकाले मधुमेह र फ्याटी लिभरका बिरामीहरूका लागि यसको सेवन हानिकारक हुन सक्छ।
  • पेटको समस्या भएका व्यक्ति र तौल घटाउन चाहनेहरूका लागि पनि उखुको जुस उपयुक्त विकल्प नहुन सक्छ।
  • सडक छेउको अस्वस्थ जुसले संक्रमण निम्त्याउन सक्ने भएकाले सरसफाइमा विशेष ध्यान दिनुपर्छ।

काठमाडौँ । गर्मीको आगमनसँगै उखुको जुसको खपत बढ्छ । चर्को घाममा उखुको चिसो जुसले तुरुन्तै राहत दिन्छ र शरीरलाई स्फूर्ति मिल्छ । त्यसैले यसलाई प्राकृतिक इनर्जी ड्रिङक मानिन्छ ।

तर मीठो र स्फूर्तिदायी यो जुस सबैका लागि फाइदाजनक भने हुँदैन । केही स्वास्थ्य अवस्थाहरूमा उखुको जुसले स्वास्थ्यमा प्रतिकूल प्रभाव पार्न सक्छ । त्यसैले, यसलाई सेवन गर्नु अघि आफ्नो शरीरको आवश्यकताहरू बुझ्नु महत्त्वपूर्ण छ ।

मधुमेह रोगी
उखुको जुसमा प्राकृतिक चिनीको मात्रा उच्च हुन्छ । त्यसैले, यदि कसैलाई मधुमेह छ भने यसलाई पिउनाले रगतमा चिनीको मात्रा द्रुत रूपमा बढ्न सक्छ । बिना सोचविचार सेवन गर्नु स्वास्थ्यको लागि हानिकारक हुन सक्छ । मधुमेह रोगीहरूले सीमित मात्रामा वा डाक्टरसँग परामर्श लिएर मात्र सेवन गर्नु उत्तम हुन्छ ।

फ्याटी लिभर
फ्याटी लिभरको समस्या भएका व्यक्तिहरूले पनि उखुको जुसको अत्यधिक सेवनबाट बच्नुपर्छ । यसमा रहेको फ्रक्टोजले कलेजोमा थप दबाब दिन सक्छ र बोसो जम्मा गर्न सक्छ । त्यसैले, यस्ता व्यक्तिहरूका लागि चिनीयुक्त पेय पदार्थबाट बच्नु सुरक्षित हुन्छ ।

पेटको समस्या
तपाईंको पेट सजिलै बिग्रन्छ वा ग्यास, अपच र पेट फुल्ने समस्याले ग्रस्त छ भने उखुको जुसले समस्याहरू बढाउन सक्छ । यसमा चिनीको मात्रा बढी हुने भएकाले यो सबैको पाचन प्रणालीलाई उपयुक्त नहुन सक्छ । त्यसैले, तपाईंको पेट संवेदनशील छ भने सन्तुलित मात्रामा उखुको जुसको सेवन गर्नुपर्छ ।

तौल घटाउन
तौल घटाउन खोज्नेहरूका लागि पनि उखुको जुस राम्रो विकल्प होइन । यसमा क्यालोरीको मात्रा बढी हुन्छ र फाइबरको कमी हुन्छ, जसले गर्दा भोक बढ्न सक्छ । यसले तपाईंको आहार योजनालाई बाधा पुर्‍याउन सक्छ ।

सरसफाइमा विशेष ध्यान
सडकको छेउछाउका ठेलाहरूबाट उखुको जुस पिउँदा, सरसफाइ कायम छ कि छैन हेर्न जरुरी छ । फोहोर मेसिन वा दूषित पानीबाट बनेको जुसले संक्रमण निम्त्याउन सक्छ। कमजोर प्रतिरक्षा भएकाहरूले यस बारे विशेष ध्यान दिनुपर्छ ।

कति र कसरी पिउने?
उखुको जुस पूर्ण रूपमा हानिकारक छैन, तर सन्तुलित मात्रामा सेवन गर्नु फाइदाजनक छ । सधैं सफा स्रोतको जुस मात्रै खानुहोस् । यसको अत्यधिक सेवनबाट बच्नुहोस् । यदि तपाईंलाई कुनै स्वास्थ्य समस्या छ भने यसको सेवन अघि पहिले डाक्टरसँग परामर्श गर्नु राम्रो हुन्छ ।

(अस्वीकरणः सल्लाह सहितको यो सामग्रीले सामान्य जानकारी मात्र प्रदान गर्दछ । यो कुनै पनि हिसाबले योग्य चिकित्सा रायको विकल्प होइन ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप