सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

एसईई दिएका विद्यार्थीका लागि एनसेलको निःशुल्क अनलाइन लर्निङ र गेमिङ सुविधा

आइतबार, ०६ वैशाख २०८३, १३ : ०२
आइतबार, ०६ वैशाख २०८३

सारांश

  • एनसेलले एसईई दिएका विद्यार्थीहरूका लागि ५० रुपैयाँमा प्रिपेड सिम र विभिन्न आकर्षक बन्डल सेवाहरू उपलब्ध गराएको छ।
  • विद्यार्थीहरूले यो सिममार्फत अनलाइन लर्निङ प्लेटफर्म 'मेरो स्कुल' र गेमिङ सुविधा निःशुल्क प्रयोग गर्न पाउनेछन्।
  • सिम लिनका लागि विद्यार्थीहरूले आफ्नो एसईई प्रवेशपत्र र अभिभावकको नागरिकताको प्रतिलिपिसहित नजिकको एनसेल सेन्टरमा जानुपर्नेछ।

काठमाडौँ । एनसेलले माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएका विद्यार्थीहरूका लागि आफ्नो विशेष अफर ‘पहिलो सिम’ सञ्चालनमा ल्याएको छ ।

यो अफरमा विद्यार्थीहरूले करसहित मात्र ५० रुपैयाँमा एनसेलको प्रिपेड सिम लिन सक्छन् र विभिन्न आकर्षक बन्डल सेवाहरूको फाइदा लिन सक्छन् । विद्यार्थीहरूले ‘पहिलो सिम’ लिँदा आफ्नो रोजाइअनुसार एनसेल मोबाइल नम्बर छनोट गर्न पनि सक्छन् । यो पहिलो सिममा २ जीबी डाटा, सबै नेटवर्कमा कल गर्न मिल्ने ५० मिनेटको टक टाइमका साथै 'मेरो स्कुल' र गेमिङ प्रिमियर लिग (जीपीएल) मा २८ दिनका लागि निःशुल्क पहुँच पाइने एनसेलले जनाएको छ ।

'मेरो स्कुल' एक डिजिटल लर्निङ प्लेटफर्म हो, जहाँ अनलाइन सिकाइका लागि पाठ्यक्रममा थुप्रै भिडिओ सामग्रीहरू उपलब्ध छन् । त्यसैगरी जीपीएल एक गेमिङ पोर्टल हो, जहाँ एचटीएमएलमा आधारित विभिन्न खेलहरूको मजा लिन सकिन्छ ।

पहिलो सिम प्रयोगकर्ताहरूले डिजिटल वालेट खल्तीमा पनि निःशुल्क पाउँछन्, अर्थात् ग्राहकले खल्ती प्रयोग गर्दा कुनै डाटा शुल्क नलाग्ने एनसेलले जनाएको छ ।

साथै यो सिम लिएका ग्राहकहरूले ५० रुपैयाँ वा सोभन्दा बढीको रिचार्ज गर्दा ७ दिनसम्म मान्य ५०० एमबी बोनस डाटासमेत पाउँछन् । एसईई दिएका विद्यार्थीहरूले देशभरका कुनै पनि एनसेल सेन्टरबाट सजिलै पहिलो सिम लिन सक्छन् ।

सिम लिनका लागि विद्यार्थीहरूले आफ्नो एसईईको प्रवेशपत्र र आफ्नो आमा वा बाबुको नागरिकताको फोटोकपीसहित नजिकको एनसेल सेन्टरमा जानु पर्दछ । आवश्यक प्रमाणीकरणपछि सिम सक्रिय हुनेछ ।

एनसेलले एसईईका विद्यार्थीहरूका लागि सुलभ दरमा दूरसञ्चार सेवा उपलब्ध गराउने उद्देश्यसहित आफ्नो लोकप्रिय ‘पहिलो सिम’ अफरलाई यो वर्ष पनि निरन्तरता दिएको जनाएको छ । यो सिमले विद्यार्थीहरूलाई आफ्ना साथीभाइ, परिवारसँग सधैं सम्पर्कमा रहेर बाहिरी संसारसँग जोडिरहन महत्वपूर्ण भुमिका खेल्ने विश्वास कम्पनीले लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप