ट्याक्टर दुर्घटनामा चालकको मृत्यु
आइतबार, ०६ वैशाख २०८३, १७ : ३४
धनुषा । धनुषाको कमला नगरपालिका–७, सिङ्ग्याहीमा ट्याक्टर दुर्घटनामा चालकको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय खजुरीका प्रहरी निरीक्षक बबिन्द्र नेम्वाङका अनुसार स १ त ५१२९ नम्बरको ट्याक्टर दुर्घटना हुँदा कमला नगरपालिका–६ घर भएका चालक आकाश यादवको मृत्यु भएको हो ।
खेतबाट माटो ओसार्ने क्रममा ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको हो । घटनास्थलको आवश्यक मुचुल्का गरी शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ ।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक नेम्वाङले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा लमजुङको सभापतिमा ५ जना चुनाव लडे, कसैले बहुमत नपाएपछि सापकोटा सर्वसम्मत बने
-
रास्वपा नवलपुरको नेतृत्वका लागि ६ जना चुनावी मैदानमा, प्रतिनिधि विवादले रोकियो मतदान
-
सुधन गुरुङको सम्पत्तिमा समितिले देखेन खोट
-
सडक अवरोध अपडेट : यी सडक खण्डहरू छन् पूर्ण रूपमा अवरोध
-
रास्वपा चितवनको सभापतिमा खनाल निर्वाचित
-
रास्वपा कपिलवस्तुको अध्यक्षमा शिवकुमार सुवेदी विजयी, यस्तो छ नयाँ कार्यसमिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण