नेपाल लाइफको २५औँ वार्षिकोत्सव : बीमालेख नवीकरण गर्दा विलम्ब शुल्कमा १०० प्रतिशत छुट
सारांश
- नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो २५औँ वार्षिकोत्सवको अवसरमा बीमालेख नवीकरण गर्दा लाग्ने विलम्ब शुल्कमा १०० प्रतिशत छुट दिने भएको छ।
- यो विशेष योजना वैशाख ७ गतेदेखि जेठ ५ गतेसम्म सञ्चालन हुनेछ।
काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो स्थापनाको २५औँ वर्ष (रजत जयन्ती) को अवसरमा बीमितहरूका लागि विशेष छुट योजना सार्वजनिक गरेको छ । कम्पनीले विभिन्न कारणले नवीकरण हुन नसकी ‘व्यतीत’ भएका बीमालेखहरूलाई पुनर्जागरण गर्दा लाग्ने विलम्ब शुल्कमा १०० प्रतिशतसम्म छुट दिने घोषणा गरेको हो।
कम्पनीले जारी गरेको ‘विशेष बीमा पुनर्जागरण योजना २०८२/०८३’ अन्तर्गत बीमितहरूले आगामी वैशाख ७ गतेदेखि जेठ ५ गतेसम्म यो सुविधा लिन सक्नेछन् । वर्तमान आर्थिक कठिनाइका कारण बीमा शुल्क बुझाउन नसकेका ग्राहकहरूलाई पुनः आर्थिक सुरक्षाको दायरामा ल्याउने उद्देश्यले यो योजना ल्याइएको कम्पनीले जनाएको छ।
यस अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले ग्राहकको हितलाई ध्यानमा राख्दै पहिलो पटक यति ठूलो छुट योजना ल्याइएको बताए । उनले यस ३० दिने अवधिको सदुपयोग गर्दै आफ्नो र परिवारको भविष्य सुरक्षित गर्न बीमितहरूलाई आग्रह गरेका छन् ।
देशको करिब ३० प्रतिशत बजार हिस्सा ओगटेको नेपाल लाइफले ७७ वटै जिल्लामा रहेका आफ्ना शाखा सञ्जाल र ६९ हजारभन्दा बढी अभिकर्तामार्फत यो सेवा प्रदान गर्नेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओमप्रसाद पाण्डेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
लहान नगरपालिकाले ल्यायो एक अर्ब ३८ करोडको बजेट
-
मकवानपुरका १० मध्ये ९ वटा स्थानीय तहले ल्याए बजेट, प्राथमिकतामा पूर्वाधार, शिक्षा र कृषि
-
उपमहानगरउन्मुख वीरेन्द्रनगरः फेरि मापदण्ड पूरा भएको दाबी, आधुनिक सहरको विकासमा जोड
-
संवैधानिक परिषद् अध्यादेशको विवाद टुङ्गियो, रिट दर्ताको बाटो बन्द
-
पासपोर्ट र भिसाबिनै नेपालमा बस्दै आएका २४ बङ्गलादेशी नागरिक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण