‘युद्धबाट नसकेको काम ट्रम्पले वार्तामा पनि गर्न सक्दैनन्’
सारांश
- रुसका लागि इरानी राजदूत काजेम जलालीले इरानमाथिको आक्रमणमा अमेरिका र इजरायल असफल भएको बताएका छन्।
- युद्धले इरानलाई कमजोर बनाउनुको सट्टा अझ मजबुत बनाएको उनले दाबी गरेका छन्।
- डोनाल्ड ट्रम्पले युद्ध गरेर हासिल गर्न नसकेको कुरा वार्ताबाट पनि सम्भव नहुने जलालीले बताएका छन्।
काठमाडौँ । रुसका लागि इरानी राजदूत काजेम जलालीले इरानमाथिको आक्रमणमा अमेरिका र इजरायल असफल भएको बताएका छन्।
वार्ताको टेबुलमा पनि अमेरिकाले खासै केही हासिल गर्न नसक्ने यनको भनाइ छ । अमेरिका र इजरायलले केही दिनमै सारा इरान जितेर इरानमा शासन परिवर्तन गर्न सक्ने दाबी गरेको तर कुनै पनि लक्ष्य हासिल गर्न नसकेको रूसी पत्रिका भेदोमोस्तीसँगको अन्तर्वार्तामा उनले बताए ।
उनका अनुसार युद्धको क्रममा अमेरिकाका लक्ष्यहरू समयसँगै परिवर्तन हुँदै गएको पनि उनले बताए । युद्धको सुरुमा इरानमा अमेरिकी ध्येय शासन परिवर्तन थियो ।
तर पछि केवल स्ट्रेट अफ होर्मुज खोल्ने मागमा सीमित भएको तर सबैमा अमेरिका असफल भएको उनको भनाइ छ । इरान “दृढ इच्छाशक्तिसहित” अगाडि बढिरहेकोले अमेरिकाले घोषणा गरेको समुद्री नाकाबन्दी पनि व्यावहारिक रूपमा प्रभावहीन रहेको जलालीले भने।
युद्धले इरानलाई कमजोर बनाउनुको सट्टा अझ मजबुत बनाएको उनले दाबी गरेका छन् । वार्तामा पनि अमेरिकाले युद्धमा असफल भएको लक्ष्य हासिल गर्न नसक्नेमा जलालीले जोड दिएका छन्।
अमेरिकाले इरानको १० बुँदे योजनामा सहमति जनाएर पछि यसलाई त्यागेको जलालीले बताए । उनका अनुसार डोनाल्ड ट्रम्पले युद्ध गरेर हासिल गर्न नसकेको कुरा वार्ताबाट पनि सम्भव हुँदैन।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण