चुनाव हारेका भूपदेवलाई महामन्त्री बनाउने रास्वपाकाे तयारी
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीले भूपदेव शाहलाई महामन्त्री बनाउने तयारी गरेको छ।
- बालेन्द्र शाहसँगको सहमतिमा सुनिल लम्सालको स्थानमा भूपदेवलाई जिम्मेवारी दिन लागिएको हो।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधि सभा निर्वाचनमा पराजित भएका भूपदेव शाहलाई महामन्त्री बनाउने भएको छ । वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र(बालेन) शाहसँग भएको सहमति अनुसार भूपदेवलाई महामन्त्री बनाउन लागिएको एक नेताले जानकारी दिए ।
बालेन काठमाडौँ महानगरपालिकाका मेयर हुँदा भूपदेव प्रमुख स्वकीय सचिव थिए । फागुन २१ को निर्वाचनमा अछाम–२ बाट उम्मेदवार उनी पराजित भएका थिए । त्यतिबेला बालेन निकट सुनिल लम्साललाई महामन्त्री बनाउने तयारी थियो ।
तर उनी अहिले भौतिक पूर्वाधारमन्त्री भएकाले लम्सालको ठाउँमा भूपदेवलाई ल्याउन लागिएको हो । रास्वपाको केन्द्रीय समिति बैठक अहिले केन्द्रीय कार्यालय वनस्थलीमा बस्दैछ ।
ती नेताका अनुसार एक पद व्यक्तिको नीति अनुसार अन्य पदमा पनि हेरफेर हुनसक्ने बताए । उपसभापति डीपी अर्याल सभामुखमा निर्वाचित भएपछि उक्त पद पनि खाली छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओमप्रसाद पाण्डेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
लहान नगरपालिकाले ल्यायो एक अर्ब ३८ करोडको बजेट
-
मकवानपुरका १० मध्ये ९ वटा स्थानीय तहले ल्याए बजेट, प्राथमिकतामा पूर्वाधार, शिक्षा र कृषि
-
उपमहानगरउन्मुख वीरेन्द्रनगरः फेरि मापदण्ड पूरा भएको दाबी, आधुनिक सहरको विकासमा जोड
-
संवैधानिक परिषद् अध्यादेशको विवाद टुङ्गियो, रिट दर्ताको बाटो बन्द
-
पासपोर्ट र भिसाबिनै नेपालमा बस्दै आएका २४ बङ्गलादेशी नागरिक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण