नेपाली डिजिटल उद्यमीहरूले अब सोझै खल्ती वालेटमा अन्तर्राष्ट्रिय भुक्तानी पाउन सक्ने
काठमाडौँ । नेपाली फ्रिल्यान्सर तथा डिजिटल उद्यमीहरूले अब विदेशमा काम गरेबापतको भुक्तानी सोझै ‘खल्ती बाइ आइएमई’ मोबाइल वालेटमा प्राप्त गर्न सक्ने भएका छन् ।
खल्तीले आइएमई लिमिटेड र विश्व प्रसिद्ध भुक्तानी प्रणाली ‘स्ट्राइप’ सँगको रणनीतिक साझेदारीमा यो नयाँ व्यवस्था मिलाएको हो ।
यस सेवाअन्तर्गत नेपालमा बसेर विदेशी सेवा व्यवसायमा काम गर्नेहरूले खल्ती एपबाटै ’भुक्तानी अनुरोध’ पठाउन सक्नेछन्। अन्तर्राष्ट्रिय कम्पनी तथा भुक्तानी प्रदायकहरूले स्ट्राइप गेटवेमार्फत भिजा, मास्टरकार्ड, एप्पल पे, गुगल पे, एसीएच र ई–बैंकिङ जस्ता विभिन्न माध्यम प्रयोग गरी सहजै भुक्तानी गर्न सक्नेछन् ।
यसरी गरिएको भुक्तानी नेपाली प्रयोगकर्ताको खल्ती वालेटमा तुरुन्तै (रियल–टाइम) जम्मा हुनेछ ।
यसअघि अन्तर्राष्ट्रिय भुक्तानी सङ्कलनमा देखिने समस्या र भुक्तानी पाउन हप्तौँ कुर्नुपर्ने झन्झटलाई यस साझेदारीले अन्त्य गरेको कम्पनीले जनाएको छ। यो प्रणाली सुरक्षित हुनुका साथै नियामकको मापदण्ड बमोजिम रहेको बताइएको छ ।
आइएमई खल्ती लिमिटेडका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले यो पहल नेपाली फिनटेक क्षेत्रमा एक महत्त्वपूर्ण कोसेढुङ्गा भएको बताए ।
उनका अनुसार यसले नेपाली डिजिटल प्रतिभा र उद्यमीहरूलाई विश्वव्यापी रूपमा कमाउन र सो रकम तत्काल प्राप्त गर्न सहज बनाउँदै नेपालको डिजिटल अर्थतन्त्र विस्तारमा ठुलो योगदान दिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनीका चार उपमहानगरको बजेट सार्वजनिक : कसको बजेट कति ?
-
केपिलासगढीमा ‘बुहारी शिक्षा’ कार्यक्रम प्रभावकारी
-
काममा खुसी महसुस कसरी गर्ने ?
-
'अमेरिका–इरान समझदारी कार्यान्वयन हुनुपर्छ'
-
सकियो समूह चरणका दोस्रो खेलहरूः कसलाई बलियो मान्ने ?
-
आप्रवासन अदालत परिसरमा पक्राउ नगर्न ट्रम्प प्रशासनलाई अदालतको आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण