गृहमन्त्रीसँग जोडिएका विषय छानबिन गर्न उच्चस्तरीय संयन्त्र गठन गर्न एमालेको माग
सारांश
- नेकपा एमालेले गृहमन्त्री सुधन गुरुङ र दीपक भट्टबीचको सम्बन्धका विषयमा निष्पक्ष छानबिन गर्न माग गरेको छ।
- एमालेले गृहमन्त्रीसँग जोडिएका अनियमितताका विषयमा अनुसन्धान गर्न उच्चस्तरीय संयन्त्र गठन गर्नुपर्ने माग राखेको छ।
- पार्टीले गृहमन्त्रीलाई अनुसन्धान प्रक्रियालाई सहज र प्रभावरहित बनाउन मार्गप्रशस्त गर्न आग्रह गरेको छ।
काठमाडौँ । नेकपा एमालेले गृहमन्त्री सुधन गुरुङ र बिचौलिया दीपक भट्टबिचको कनेक्सन लगायतका सवालमा निष्पक्ष र स्वतन्त्र अनुसन्धान गर्न उच्चस्तरीय संयन्त्र गठन गर्न माग गरेको छ । मंगलबार एमाले प्रेस संयोजक मीनबहादुर शाहीले विज्ञप्ति जारी गर्दै पार्टीको धारणा सार्वजनिक गरेका हुन् ।
एमालेले गृहमन्त्रीसँग जोडिएर सार्वजनिक भएका कतिपय सवालमा आशंका मात्र उत्पन्न नगरी विगतमा भएका सम्भावित अनियमितता र विसङ्गतिका रहस्यहरू समेत क्रमशः उजागर हुन सक्ने सङ्केत गरेको जनाएको छ ।
‘गृहमन्त्रीसँग सम्बन्धित विषयहरूमा निष्पक्ष र स्वतन्त्र अनुसन्धान प्रक्रिया अगाडि बढाउन नेकपा (एमाले) जोडदार माग गर्दछ’, एमालेले भनेको छ, ‘यसका लागि नेकपा (एमाले) स्पष्ट रूपमा भन्छ – अनुसन्धानलाई कुनै पनि प्रकारको शक्ति वा प्रभावबाट मुक्त राखेर अघि बढाइनु पर्दछ । ’
गृहमन्त्रीको संलग्नता देखिएका सबै विषयहरूको छानबिन गर्न उच्चस्तरीय संयन्त्र गठन गरी तत्काल अनुसन्धान प्रक्रिया सुरु गर्नुपर्ने पनि एमालेको माग छ । ‘साथै, गृहमन्त्री स्वयंले ढिलासुस्ती वा ढाकछोप नगरी अनुसन्धान प्रक्रियालाई सहज, निष्पक्ष र प्रभावरहित बनाउन तुरुन्त मार्गप्रशस्त गर्न हामी माग गर्दछौँ’, एमालेको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्थानीय तहको अधिकार र स्वायत्तता माग्दै माइतीघरमा जनमत पार्टीको प्रदर्शन
-
इजलासमा फर्किइन् सपना प्रधान मल्ल
-
रास्वपाको ५६ जिल्लामा अधिवेशन सम्पन्न (विवरणसहित)
-
छोरीको घर उजाडेर ज्वाइँसँग महिलाले गरिन् ‘कोर्ट म्यारिज’ !
-
त्रिपुरेश्वरमा लागेको आगो नियन्त्रणमा
-
रास्वपा बागमतीको अधिवेशन मंगलबार हेटौँडामा, सभापति लामिछाने सहभागी हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण