सिजन र आदिमाले जिते ‘जुनियर सुपर मोडल नेपाल’ को उपाधि
सारांश
- सिजन सिंह र आदिमा गौतमले 'जुनियर सुपर मोडल नेपाल' को शीर्ष उपाधि जितेका छन्।
- विजेता दुवैले जनही ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन्।
- प्रतियोगितामा बालबालिकाहरूले आफ्ना अभिभावकसँगै स्टेजमा प्रस्तुति दिएका छन्।
काठमाडौँ । ‘जुनियर सुपर मोडल नेपाल’ को शीर्ष उपाधि सिजन सिंह र आदिमा गौतमले जितेका छन् । राष्ट्रिय नाचघरमा आयोजित प्रतियोगिताको फाइनलमा उनीहरुले अन्य प्रतियोगीलाई पछि पार्दै उपाधि हात पारेका हुन् ।
प्रतिभा, आत्मविश्वास र पारिवारिक सम्बन्धलाई उत्सवका रूपमा प्रस्तुत गरिएको प्रतियोगितामा मास्टर विधामा सिजन र मिस विधामा आदिमा विजेता भएका हुन् । विजेता दुवैले ५०–५० हजार नगद समेत हात पारे ।
प्रतियोगितामा फस्ट रनर्सअपको उपाधि ग्रेसी श्रेष्ठ र अनुष प्रसाईंले जिते दुवैले नगद २० हजार प्राप्त गरे । त्यस्तै, सेकेन्ड रनर अप शार्लिन लुइटेल र आभान बरहाकोटी भए । दुवैले उपाधिका साथमा नगद १० हजार प्राप्त गर्दा थर्ड रनर अप समिरन डङ्गोल र पृथक केसी र फोर्थ रनर अप परिधि आचार्य र प्रणयश राई घोषित भए ।
ह्वाइट फेदर इन्टरटेनमेन्टद्वारा आयोजित र युहान इन्टरनेसनल इभेन्ट्सको व्यवस्थापन रहेको प्रतियोगितामा कार्यक्रमको अध्यक्षता त्रिदेवी श्रेष्ठले गरेकी थिइन् भने व्यवस्थापन संयोजन शानु खानले गरेका थिए ।
कार्यक्रममा दर्शकहरूको रोजाइमा रहने ‘पब्लिक च्वाइस अवार्ड’ आदिमा गौतमले प्राप्त गरिन् । भ्यूअर्स च्वाइस अवार्ड सिजन सिंहको पोल्टामा प¥यो । म्यानेजमेन्ट च्वाइस अवार्डतर्फ मिसमा ग्रेसी श्रेष्ठ र मास्टरमा सिजन सिंहले नै बाजी मारे ।
यस वर्षको प्रतियोगितामा बालबालिकाहरूले आफ्ना अभिभावकसँगै स्टेजमा प्रस्तुति दिएका थिए । यसले पारिवारिक एकता र मायाको सन्देश प्रवाह गरेको थियो । कार्यक्रमको कोरियोग्राफी तथा सञ्चालन कोरियोग्राफर रोजिन शाक्यले गरेका थिए ।
कार्यक्रममा विशेष अतिथिका रूपमा पूर्व मिस नेपाल तथा अभिनेत्री नम्रता श्रेष्ठ उपस्थित थिइन् । ‘मिस इको इन्टरनेसनल नेपाल २०२६’ सेजल राजभण्डारी, ‘मिस हेरिटेज इन्टरनेसनल नेपाल २०२५’ दिव्या पात्र, ‘मिस्टर नेपाल सुप्रानेसनल २०२५’ साइरस विश्वकर्मा, नृत्य कोरियोग्राफर प्रख्यात घिमिरे र शिक्षाविद् अमित विक्रम सिजापति प्रतियोगिताको निर्णायकमा रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन प्रतिकार्यका लागि ५४ स्थानमा सशस्त्रका अस्थायी वेश
-
भारतबाट सडक मार्ग हुँदै काठमाडौँ आएका थिए बंगालादेशी, अनुसन्धान गर्दै अध्यागमन
-
वैदेशिक रोजगारीबाट फर्केका नेपालीको घाँस र कफीखेती
-
‘वार्षिक ८ लाखसम्म आफ्नै गाउँमा कमाइ हुँदो रहेछ, किन विदेश गइरहनु ? ’
-
डेरी उद्योग सङ्घमा निरञ्जन श्रेष्ठको नेतृत्व
-
तेल उत्पादनको कोटा नबढाए ओपेक छोड्नबारे विचार गर्दैछ इराक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण