ईयूमा ६ करोड ४२ लाख पुग्यो आप्रवासी जनसङ्ख्या
काठमाडौँ । यूरोपेली सङ्घ (ईयू)मा बसोबास गर्ने आप्रवासीहरूको सङ्ख्या सन २०२५ मा रेकर्ड स्तरमा पुगेको छ । नयाँ अध्ययनअनुसार कुल आप्रवासी सङ्ख्या ६ करोड ४२ लाख पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा करिब २१ लाख बढी हो।
यो रिपोर्ट सेन्टर फर रिसर्च एन्ड एनालाइसिस अन माइग्रेसनले प्रकाशन गरेको हो र यसमा यूरोस्ट्याट र संयुक्त राष्ट्र सङ्घको शरणार्थी हेर्ने निकायको तथ्याङ्क प्रयोग गरिएको छ । सन् २०१० मा यो सङ्ख्या करिब ४ करोड मात्र थियो।
सबैभन्दा ठुलो आप्रवासी जनसङ्ख्या भएको देश फेरि पनि जर्मनी रहेको छ । यहाँ करिब १ करोड ८० लाख विदेशी छन् । तीमध्ये ७२ प्रतिशत काम गर्ने उमेर समूहका छन् ।
स्पेनमा भने पछिल्लो समय सबैभन्दा तीव्र वृद्धि देखिएको छ । त्यहाँ ७ लाख थपिएर कुल आप्रवासी सङ्ख्या ९५ लाखमा पुगेको छ । अध्ययनका लेखक टोमासो फ्राट्टिनीका अनुसार जर्मनी जनसङ्ख्याको अनुपातमा र कुल सङ्ख्यामा दुवैमा युरोपमा आप्रवासीहरूको प्रमुख गन्तव्य देश हो ।
तर आप्रवासनको वितरण भने ईयूभर असमान देखिएको छ । लक्जेम्बर्ग, माल्टा र साइप्रसमा जस्ता साना देशहरूमा जनसङ्ख्याको अनुपातमा आप्रवासीहरूको हिस्सा धेरै उच्च छ ।
शरणार्थी आवेदन पनि केही देशमा केन्द्रित देखिएको छ । स्पेन, इटली, फ्रान्स र जर्मनीले मिलेर कुल शरणार्थी आवेदनको करिब तीन चौथाइ हिस्सा ओगटेका छन् । जर्मनीमा मात्रै २७ लाख आप्रवासी छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स छनोट : मलेसियालाई हराउँदै समूह ‘ए’ को शीर्ष स्थानमा उक्लने नेपालको दाउ
-
हिजबुल्लाहले आक्रमण रोकेमा युद्धविराम लागू गर्न इजरायल र लेबनान सहमत
-
लेबनानमा युद्ध नरोकेसम्म इरानसँगको युद्ध अन्त्य हुँदैन: इरानी विदेशमन्त्री अराघची
-
इरान युद्ध रोक्न अमेरिकी प्रतिनिधिसभाको प्रस्ताव पारित, ट्रम्पलाई झट्का
-
एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते
-
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण