बुधबार, २७ जेठ २०८३
ताजा लोकप्रिय

सरकारी कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न परिपत्र

बिहीबार, १० वैशाख २०८३, १४ : १५
बिहीबार, १० वैशाख २०८३

सारांश

  • सरकारले सबै सरकारी निकायका कर्मचारीहरूका लागि विद्युतीय हाजिरी प्रणाली अनिवार्य कार्यान्वयन गर्न परिपत्र गरेको छ।
  • मन्त्रालयले १५ दिनको हाजिरी विवरण प्रिन्ट गरी प्रमाणित गरेर कार्यालयमा सुरक्षित राख्न निर्देशन दिएको छ।

काठमाडौँ । सरकारले मन्त्रालय, विभाग, कार्यालय र सबै सरकारी निकायका कर्मचारीहरूको विद्युतीय हाजिरी प्रणाली अनिवार्य कार्यान्वयन गर्न मातहतका निकायलाई परिपत्र गरेको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (प्रशासन सुधार तथा व्यवस्थापन परीक्षण शाखा) ले बिहीबार पत्र पठाउँदै यस्तो व्यवस्था गर्न भनेको हो । साथै मन्त्रालयले यसको विवरण अभिलेखिकरण गर्न समेत भनेको छ । 

मन्त्रालयले उक्त व्यवस्था कार्यान्वयन नभएको अवस्था भए कर्मचारीको दैनिक उपस्थिति (आएको तथा गएको) विवरण अनिवार्य रूपमा विद्युतीय हाजिरी प्रणालीबाटै गर्ने व्यवस्था मिलाउन र प्रत्येक १५ दिनको हाजिरी विवरण प्रिन्टगरी, प्रमाणित गर्दै  अभिलेख कार्यालयमा सुरक्षित राख्न भनेको हो ।

२०८३ साल वैशाख ८ गतेको निर्णय (सचिवस्तर) अनुसार यस्तो निर्णय गरेको मन्त्रालयका शाखा अधिकृत पीताम्बर सारुले जनाएका छन् ।

676714604_1399089812324710_238838016166570155_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप