आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

विपद् जोखिम न्यूनीकरण गर्न प्रभावकारी कार्य योजनाका साथ अघि बढ्नुपर्नेमा जाेड

बिहीबार, १० वैशाख २०८३, १५ : ३३
बिहीबार, १० वैशाख २०८३

सारांश

  • राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपद् न्यूनीकरण गर्न प्रभावकारी कार्य योजनाका साथ अघि बढ्ने निर्णय गरेको छ।
  • प्राधिकरणले वैशाख १५ गतेसम्म सबै जिल्लाबाट विवरण सङ्कलन गरी विपद् व्यवस्थापनको योजना तयार पार्ने तयारी गरेको छ।
  • विपद्को घटनामा प्रभावकारी काम गर्नेलाई पुरस्कृत गर्ने र स्थानीय तहसँगको समन्वयमा राहत तथा वासस्थानको व्यवस्था गरिने भएको छ।

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपद् जोखिम न्यूनीकरण गर्न प्रभावकारी कार्य योजनाका साथ अघि बढ्ने जनाएको छ। 

सिंहदरबारमा बिहीबार बसेको राष्ट्रियसभा अन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा प्राधिकरणका कार्यकारी प्रमुख दिनेश प्रसाद भट्टले सबै जिल्लाबाट विपद् जोखिम न्यूनीकरणको योजनाको जानकारी लिएर प्राधिकरणले प्रभावकारी कार्य योजनाका साथ काम गर्ने बताएका हुन्।

विपद् जोखिम न्यूनीकरण योजनाका लागि प्रत्येक जिल्लाको कोषमा भएको रकम, सामाग्रीका साथै प्राकृतिक प्रकोपपछि भएका गतिविधिहरूको जानकारी सङ्कलन गर्ने काम भइरहेको उनले बताए । वैशाखको १५ गतेसम्म सबै जिल्लाबाट जानकारी प्राप्त भएपछि त्यसको केहि दिनमा नै यस वर्षको विपद् जोखिम न्यूनीकरण योजना तयार हुने भट्टको भनाइ छ।

उनले विपद् जोखिम न्यूनीकरणका लागि पालिकाहरूको भूमिका महत्त्वपूर्ण हुने भएकाले पालीकाको सिफारिसका आधारमा जोखिम न्यूनीकरण तालिम दिने कार्य प्राधिकरणले गरेको जानकारी दिए। 

प्राधिकरणका कार्यकारी भट्टले विपद्का घटनामा प्रभावकारी रूपमा काम गर्नेलाई पुरस्कृत गर्ने व्यवस्था समेत गर्न लागिएको धारणा राखे। 

विपद्का घटनापछि नागरिकलाई छिटो भन्दा छिटो राहतका साथै अस्थायी वासस्थानको व्यवस्थापनका लागि पनि प्राधिकरणले स्थानीय पालिकासँगको समन्वयमा काम गर्ने गरेको उने जानकारी गराए।

समिति सदस्यहरूले मनसुन अघि नै विपद् जोखिम न्यूनीकरण प्रतिकार्यलाई तयारी अवस्थामा राख्नुपर्नेमा जोड दिएका थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप