आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

लागुऔषध दुर्व्यसनी तथा शङ्कास्पद गतिविधिमा संलग्न २८ जना नियन्त्रणमा

बिहीबार, १० वैशाख २०८३, १७ : १०
बिहीबार, १० वैशाख २०८३

सारांश

  • सुर्खेत प्रहरीले वीरेन्द्रनगरका विभिन्न स्थानबाट लागुऔषध दुर्व्यसनी र शङ्कास्पद गतिविधिमा संलग्न २८ जनालाई नियन्त्रणमा लिएको छ।
  • पक्राउ परेकामध्ये दुई जनाको साथबाट १९४ ग्राम चरेससमेत बरामद गरिएको छ।
  • नियन्त्रणमा लिइएका व्यक्तिहरूमाथि थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

सुर्खेत । सुर्खेत प्रहरीले वीरेन्द्रनगरबाट चरेससहित लागुऔषध दुर्व्यसनी तथा शङ्कास्पद गतिविधिमा संलग्न २८ जनालाई नियन्त्रणमा लिएको छ ।

बिहीबार दिनभर राजधानीका विभिन्न ठाउँबाट उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढ्थापाले बताए ।

उनका अनुसार पक्राउ परेकाहरू विभिन्न स्थानहरूबाट लागुऔषध सेवन गर्ने, झैझगडा गर्ने, लागुऔषध मुद्दा लागेका तथा शङ्कास्पद गतिविधिमा संलग्न व्यक्तिहरू छन् ।

‘अहिले हामीले यो गतिविधिलाई निकै टाइट गरिरहेका छौँ, अभियान नै चलाएर,’ उनले भने ।पक्राउ परेमा मध्ये २७ जना पुरुष र १ जना महिला रहेका छन् ।

साथै, नियन्त्रणमा लिइएका मध्ये चौकुने गाउँपालिका–७ घर भई हाल वीरेन्द्रनगर नगरपालिका–८ बस्ने अन्दाजी ३६ वर्षका सर्जन शाही र सोही स्थान बस्ने ३५ वर्षीया दुर्गा शाहीको साथबाट १९४ ग्राम लागुऔषध चरेस  बरामद गरिएको पनि बुढ्थापाले बताए ।

नियन्त्रणमा लिएकाहरूमाथि थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप