हिमाली जिल्लाको शैक्षिक सत्र फेर्न माग
सारांश
- मुस्ताङबाट निर्वाचित सांसद योगेश गौचनले हिमाली जिल्लाहरूको शैक्षिक सत्र फागुनबाटै सुरु गर्न माग गरेका छन्।
- अत्यधिक चिसोका कारण पठनपाठनमा बाधा पुग्ने भएकाले फागुनदेखि मङ्सिरसम्म शैक्षिक सत्र कायम गर्न माग गरिएको हो।
- शिक्षा मन्त्रीसँगको भेटमा हिमाली जिल्लाहरूको शैक्षिक सत्र फेर्ने विषयमा सहमति भएको बताइएको छ।
पोखरा । हिमाली जिल्लाको शैक्षिक सत्र फेर्न माग गरिएको छ । मुस्ताङबाट निर्वाचित सांसद योगेश गौचनले मुस्ताङ लगायतका सबै हिमाली जिल्लाहरूको विशिष्ट भौगोलिक अवस्थितिलाई ध्यानमा राख्दै यही शैक्षिक सत्रदेखि फागुन महिनाबाटै नयाँ शैक्षिक सत्र सुरु गर्न माग गरेका हुन् ।
हिमाल जिल्लाका सांसदहरू र शिक्षा मन्त्रीबिच भएको भेटमा शैक्षिक सत्र फेर्न सहमति भएको गौचनले बताए । उनले चैत २२ गते शिक्षा मन्त्री सस्मित पोखरेललाई ध्यानाकर्षण पत्र बुझाउँदै हिमाली जिल्लाहरूको शैक्षिक सत्र फागुनदेखि मङ्सिरसम्म कायम गर्न माग गरेका थिए ।
यसअघि शिक्षा तथा मानव स्रोत विकास केन्द्रको २०७९ सालको पत्र अनुसार देशभर वैशाखदेखि शैक्षिक सत्र सुरु गर्ने व्यवस्था गरिएको थियो ।
तर, हिमाली जिल्लाहरूमा पुस र माघ महिनामा अत्यधिक चिसो हुने, केही उच्च क्षेत्रका बासिन्दाहरू जाडो छल्न अन्यत्र सर्ने र पठनपाठन तथा परीक्षा सञ्चालनमा समेत अवरोध पुग्ने गरेकाले विद्यार्थीहरूको शैक्षिक गुणस्तर खस्किरहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
-
रास्वपा महाधिवेशनको दोस्रो दिन: बन्द सत्रको कार्यतालिका संशोधन
-
राप्रपाका पूर्वअध्यक्षत्रयको संयुक्त वक्तव्य, ‘हाम्रै जीवनकालमा पार्टी पतन भएको हेर्न चाहँदैनौं’
-
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन
-
तनहुँमा आर्थिक गणना : लक्ष्यभन्दा बढी प्रतिष्ठान समेटिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण