फ्रिजमा राख्दा किन कालो हुन्छ पीठो ?
काठमाडौँ । रोटी नेपाली भान्साको महत्त्वपूर्ण परिकार हो । लगभग हरेक घरमा रोटी खाइन्छ ।
समय बचत गर्न धेरैजसो मानिसहरूले पीठो मुछेर पहिल्यै फ्रिजमा राख्ने गर्छन् । तर, केही घण्टा पछि पीठो कालो हुन थाल्छ । यसले पीठाेको रङ्ग त बिगार्छ नै स्वाद र सुगन्ध पनि परिवर्तन गर्छ । यो किन र कसरी हुन्छ ? केही सरल सुझावहरू पालना गरेर तपाईँ पीठोलाई लामो समयसम्म ताजा राख्न सक्नुहुन्छ।
किन कालो हुन्छ मुछेर राखेको पीठो ?
जब पीठो मुछेर फ्रिजमा राखिन्छ, यो हावा र ओसिलोपनको सम्पर्कमा आउँछ । पीठोलाई राम्ररी छोपिएको छैन भने, यसको सतह सुक्न र रङ्ग परिवर्तन हुन थाल्छ । यसबाहेक, लामो समयसम्म राख्नाले पिठोमा अक्सिडेशन हुन सक्छ, जसले गर्दा यो कालो वा खैरो देखिन सक्छ । यही कारणले गर्दा फ्रिजमा राखिएको पीठो चाँडै बिग्रन सक्छ ।
पीठोलाई ताजा राख्न यसलाई हावा छिर्न नपाउने भाडामा हालेर राख्नुपर्छ । पिठोको डल्ला बनाएर यसको बाहिरी पत्रमा थोरै घिउ वा तेल लगाउनुहोस् । यसले पीठो सुक्न वा कालो हुनबाट रोक्छ । हावा पस्न नदिन पीठोको डल्लोलाई सफा कपडा वा क्लिङ र्यापले ढाकिदिनुस् । हावाको सम्पर्कले पीठोलाई चाँडै बिगार्न र कालो बनाउन सक्छ ।
पिठो मुछ्दा गर्नु हुन्न यी गल्ती
पिठो मुछ्दा धेरै पानी प्रयोग नगर्नुहोस् वा धेरै कडा नपार्नुहोस् । मनतातो पानीले मुछ्दा रोटीहरू नरम हुन्छन् । पिठो मुछ्दा थोरै थारै गरेर पानी हाल्नुहोस् । एकैचोटि धेरै पानी थप्दा पीठो बिग्रन सक्छ । पीठो राम्ररी मुछ्नु महत्त्वपूर्ण छ । ५–१० मिनेटसम्म पिठो मुछ्दा रोटीहरू नरम हुन्छन् र फुल्छन् पनि।
नरम र स्वादिष्ट रोटी बनाउन चाहनुहुन्छ ? यी साधारण कुराहरूलाई ध्यानमा राख्नुहोस्
- पीठो राख्न हावा नछिर्ने कन्टेनर प्रयोग गर्नुहोस् ।
- स्टील, गिलास वा फुड–ग्रेड प्लास्टिक कन्टेनरमा पीठो राख्न सकिन्छ ।
- यसले हावा र ओसिलोपनलाई छिर्न दिँदैन ।
- मुछेको पिठोलाई सधैँ फ्रिजमा राख्नुहोस् । यसो गर्दा लामो समयसम्म पिठो ताजा रहन्छ ।
- मुछेको पिठोलाई २४ घण्टा भित्र प्रयोग गर्ने प्रयास गर्नुहोस् ।
- यदि पीठोबाट नराम्रो गन्ध आउन लागेको छ, रङ्ग उल्लेखनीय रूपमा परिवर्तन भएको छ वा चिपचिपे बनेको छ यसलाई प्रयोग नगर्नुहोस् ।
- पीठो सधैँ ताजा रहोस् भन्ने चाहनु हुन्छ भने थोरै मात्रामा मुछ्नुहोस् अनि समयमै प्रयोग गर्नुहोस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण