राप्रपामा फेरि अर्को कारबाही, दुई नेत्री निलम्बित
शुक्रबार, ११ वैशाख २०८३, १८ : २४
सारांश
- राष्ट्रिय प्रजातन्त्र पार्टीले पार्टीको निर्णय र हित विपरीत कार्य गरेको भन्दै दुई नेत्रीलाई निलम्बन गरेको छ।
- अध्यक्ष राजेन्द्र लिङ्देनले अनुशासन समितिको सिफारिसमा नानीमैयाँ आचार्य र चम्पा अधिकारीलाई निलम्बन गरेका हुन्।
- पार्टीले आजै केन्द्रीय सदस्य रञ्जन कार्कीलाई पनि पदमुक्त गरेको छ।
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) ले दुई नेत्रीलाई निलम्बन गरेको छ। पार्टीको विधानको धारा ३२(ङ) बमोजिम केन्द्रीय सदस्य नानीमैयाँ आचार्य(नुवाकोट) र राष्ट्रिय प्रजातान्त्रिक महिला सङ्गठनकी सचिव चम्पा अधिकारी (चाहना अधिकारी, काठमाडाैँ)लाई शुक्रबार अध्यक्ष राजेन्द्र लिङ्देनले निलम्बन गरेका हुन् ।
पार्टीको निर्णय र हित विपरीत अनुशासन उल्लङ्घन गरेकाले केन्द्रीय अनुशासन समितिको सिफारिस अनुसार निलम्बन गरिएको प्रवक्ता मोहन कुमार श्रेष्ठले बताए ।
आजै केन्द्रीय सदस्य रञ्जन कार्की पनि पदमुक्त भएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
-
रास्वपा महाधिवेशनको दोस्रो दिन: बन्द सत्रको कार्यतालिका संशोधन
-
राप्रपाका पूर्वअध्यक्षत्रयको संयुक्त वक्तव्य, ‘हाम्रै जीवनकालमा पार्टी पतन भएको हेर्न चाहँदैनौं’
-
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन
-
तनहुँमा आर्थिक गणना : लक्ष्यभन्दा बढी प्रतिष्ठान समेटिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण