नाथम र नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान गाभिए, अब ‘नेपाल पर्यटन, होटल तथा पर्वतीय प्रतिष्ठान’
सारांश
- नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान र नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानलाई गाभेर नेपाल पर्यटन, होटल तथा पर्वतीय प्रतिष्ठान बनाइएको छ।
- मन्त्रिपरिषद्को निर्णय अनुसार सेवा प्रवाहलाई प्रभावकारी र व्यवस्थित बनाउन दुवै संस्थालाई एकीकरण गरिएको हो।
- सरकारले गत वैशाख १० गते नेपाल पर्यटन, होटल तथा पर्वतीय प्रतिष्ठान विकास समिति गठन आदेश २०८३ राजपत्रमा प्रकाशित गरेको छ।
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतका दुई निकायहरू नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) र नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान (एनएमए) एकापसमा गाभिएका छन् । दुवै संस्था गाभिएर अब ‘नेपाल पर्यटन, होटल तथा पर्वतीय प्रतिष्ठान’ बनेको छ ।
मन्त्रिपरिषद्को बैठकले एउटै प्रकृतिका दुई संस्थालाई गाभेर एउटै बनाउने निर्णय गरेसँगै यो प्रक्रिया अघि बढेको हो । कार्यप्रकृतिको समानताका कारण सेवा प्रवाहलाई थप प्रभावकारी र व्यवस्थित बनाउन सरकारले यस्तो निर्णय लिएको हो ।
मन्त्रिपरिषद्को सोही निर्णय बमोजिम सरकारले गत वैशाख १० गते राजपत्रमा ‘नेपाल पर्यटन, होटल तथा पर्वतीय प्रतिष्ठान विकास समिति (गठन आदेश) २०८३’ प्रकाशित गरेको छ ।
एउटै प्रकृतिका दुई संस्था भएकाले कार्यगत एकता र प्रशासनिक दक्षता अभिवृद्धि गर्न गाभिएको मन्त्रालयले जनाएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण