नियमावलीलाई 'सुपर कानुन' बनाउने प्रयास भइरहेको छ: कांग्रेस प्रवक्ता चालिसे
सारांश
- नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले प्रतिनिधि सभाको प्रस्तावित नियमावलीले संवैधानिक प्रश्न खडा गरेको बताएका छन्।
- उनले प्रस्तावित नियमावलीलाई कानुनभन्दा माथि राखेर 'सुपर कानुन' बनाउने प्रयास भइरहेको आरोप लगाएका छन्।
काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले नियमावलीलाई सुपर–कानुन बनाउने प्रयास भइरहेको आरोप लगाएका छन् ।
सामाजिक सञ्जालमार्फत उनले भनेका छन्– 'प्रतिनिधि सभाको प्रस्तावित नियमावली–२०८३ ले एउटा गम्भीर संवैधानिक प्रश्न उभ्याएको छ: संसद् कानुन बनाउने संस्था हो कि कानुनभन्दा माथि रहेको संस्था हो ?'
उनी थप लेख्छन्– 'प्रस्तावित नियमावलीमा ‘प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए तापनि सभा, समिति र सदस्यको हकमा यो नियमावली संघीय कानुनका रूपमा रही विशेष कानुनसरह लागू हुनेछ’ भनिएको छ, यो साधारण वाक्य होइन। जहाँ कानुन सबैभन्दा माथि हुनुपर्थ्यो, त्यहाँ अब नियमावलीलाई “सुपर–कानुन” बनाउने प्रयास भइरहेको छ।'
यो व्यवहारमा फौजदारी ऐन, मुलुकी ऐन र अन्य प्रचलित कानुनलाई निष्प्रभावी बनाउने शक्ति संसद्को नियमावलीलाई दिइएको छ भन्ने सङ्केत भएको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पौडेललाई गैरकानुनी थुनामा राखिएको भन्दै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
-
प्रसिद्ध गायिका अलका याग्निकलाई ‘पद्म भूषण’ सम्मान
-
बुटवल उपमहानगरद्वारा ३ अर्ब ९९ करोडको बजेट सार्वजनिक
-
रियल मड्रिडको अनुभवदेखि विश्वकपको मञ्चसम्मः मोरक्कोका ‘डिफरेन्स–मेकर’ डियाज
-
अध्यादेशको ६० दिने समयसीमाः प्रक्रियामा चार वटा पुग्दा बाँकी चार वटा निष्क्रिय हुने सम्भावना
-
वीरेन्द्रनगर नगरपालिकाले ल्यायो ४ अर्ब ७१ करोडको बजेट (पूर्णपाठ)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण