'भूमिगत महिला' पुस्तकमाथि परिचर्चा
बुटवल । प्रगतिशील लेखक सङ्घ (प्रलेस) नेपाल, रूपन्देहीको आयोजनामा बुटवलमा 'भूमिगत महिला' पुस्तकमाथि परिचर्चा कार्यक्रम भएको छ ।
मोतीदेवी स्मृति केन्द्रद्वारा प्रकाशित तथा डा. बिन्दा पाण्डेको संयोजकत्वमा तयार भएको सो कृतिको विमर्शका क्रममा वक्ताहरूले यसलाई नेपाली राजनीति र इतिहासको अनुहार देखाउने 'ऐना' को रूपमा व्याख्या गरे ।
कार्यक्रममा पुस्तक लेखन संयोजक डा. पाण्डेले नेपाली क्रान्तिमा महिलाहरूको भूमिकालाई इतिहासले सधैँ किनारामा पारेको बताइन् । पाण्डेले भनिन्, 'आज हामी जुन स्वतन्त्रताका कुरा गरिरहेका छौँ, यो कसैले दानमा दिएको उपहार होइन, यो त तिनै भूमिगत महिलाहरूको रगत, पसिना र आफ्ना सन्तानको ममतासँग गरिएको साटोफेरो हो ।'
प्रलेस, लुम्बिनी प्रदेशका अध्यक्ष डा।मुरारि पराजुलीले साहित्यिक कृतिहरूले समाज रूपान्तरणमा खेल्ने भूमिकाबारे प्रकाश पारे ।
त्यस अवसरमा लुम्बिनी प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठ, बुटवल उपमहानगरपालिकाका निवर्तमान उपप्रमुख गोमादेवी आचार्य, सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमा अधिकारी, प्रलेस रूपन्देहीका अध्यक्ष कृष्ण घिमिरे 'गाउँले', सचिव यज्ञलाल सुवेदी, लेखक तथा साहित्यकारहरू दल बहादुर गुरुङ, ज्ञानु केसी, सुमन पन्थी, नवराज पाण्डे, तिलक लामिछाने, माधव नेपाल, इन्दिरा अर्याल लगायतले नेपालको भूमिगत राजनीतिमा महिलाहरूले पुर्याएको योगदान र पुस्तकले समेटेका पक्षहरूमाथि प्रकाश पारेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको संस्थापन इतर पक्षले भोलि आइतबार विराटनगरमा भेला गर्दै
-
नेपाल र चीनका पाँच दर्जन सगरमाथा आरोही बेजिङमा सम्मानित
-
एआई क्रान्तिको अँध्यारो पक्ष : १० किलोमिटरसम्म फैलिँदैछ ‘हट जोन’
-
पुराना दलको विकल्पमा दुई वटा स्पष्ट वैचारिक ‘वैकल्पिक शक्ति’ आवश्यक छ : बाबुराम भट्टराई
-
काठमाडौँमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको प्राइड परेड, तस्बिरमा हेर्नुहोस्
-
निकासी आदेश पछि लेबनानमा इजरायली आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण