कांग्रेस संसदीय दलको नेतामा आङ्देम्बेको नाम प्रस्ताव
सारांश
- नेपाली कांग्रेसको संसदीय दलको नेताका रुपमा भीष्मराज आङ्दाम्बेको नाम प्रस्ताव भएको छ ।
- पार्टी कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सभापति गगन थापाले आङ्दाम्बेको नाम प्रस्ताव गरेका हुन् ।
- संसदीय दल नेता चयनका लागि दिउँसो १ बजे सिंहदरबारस्थित संसदीय दलमा बैठक बस्नेछ ।
काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दलको नेताका रुपमा भीष्मराज आङ्दाम्बेको नाम प्रस्ताव भएको । सोमबार पार्टी कार्यालयमा सुरु भएको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा उनको नाम प्रस्ताव भएको हो ।
बैठकमा सभापति गगन थापाले पूर्वसहमहामन्त्री समेत रहेका आङ्देम्बेलाई दलको नेता बनाउने प्रस्ताव गरेको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले रातोपाटीलाई जानकारी दिए ।
दलको नेतामा सहमति जुटाउन गत शुक्रबार बसेको कार्यसम्पादन समिति बैठकले उपसभापति विश्वप्रकाश शर्माको संयोजकत्वमा ७ सदस्यीय समिति बनाएके थियो ।
समितिमा अर्की उपसभापति पुष्पा भुसाल, महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरे तथा दलको नेता चयन गर्न बनेको निर्वाचन समितिलाई सहमतिका लागि जिम्मेवारी दिइएको थियो ।
केन्द्रीय कार्यसम्पादन समितिले संसदीय दल नेता चयनमा सहजीकरणको भूमिका खेलिरहेको थियो ।
संसदीय दल नेता भने सांसदहरूले नै चयन गर्नुपर्ने भएकाले दिउँसो सिंहदरबारस्थित संसदीय दलमा दलको बैठक बोलाइएको छ ।
दिउँसो १ बजे संसदीय दल नेता सर्वसहमतिका आधारमा घोषणा गर्ने तयारी छ। कांग्रेसमा ३८ जना सांसद छन्। आङ्देम्बे समानुपातिक तर्फबाट सांसद भएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खल्ला मसेटीमा स्वास्थ्य शिविर सम्पन्न
-
सिमकोट गाउँपालिकाद्वारा २० विद्यालयलाई ल्यापटप वितरण
-
मध्यपूर्वमा पुनः युद्धको शंखघोषः इरानद्वारा इजरायलमाथि मिसाइल प्रहार, गाजाका सबै नाका बन्द
-
रास्वपा खोटाङको सभापतिमा थापा
-
मध्यपूर्वमा तनाव: इराक र सिरियाद्वारा हवाई क्षेत्र बन्द
-
अनुसन्धान र नवप्रवर्तन सम्बन्धी सम्मेलन सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण