हिल्टन होटल गोलीकान्डका संदिग्ध भन्छन् : मलाई माफीको आशा छैन
सारांश
- वासिङ्टन डीसीस्थित हिल्टन होटलमा भएको गोलीकाण्ड प्रयासपछि अमेरिकी अधिकारीहरूले मुख्य संदिग्ध कोल टोमस एलनमाथि अनुसन्धान गरिरहेका छन् ।
- शिक्षक र भिडियो गेम डेभलपर रहेका एलनले राष्ट्रपति ट्रम्पप्रति असन्तुष्टि जनाउँदै आफूलाई 'मैत्रीपूर्ण सङ्घीय हत्यारा' भनेर वर्णन गरेका थिए ।
- घटनाअघि एलनले बन्दुक किनेर फायरिङ अभ्यास गर्दै आएको र सुरक्षा घेरा तोड्ने प्रयास गर्दा गोली चलेको प्रहरीले जनाएको छ ।
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सहभागी रहेको वासिङ्टन डीसीस्थित हिल्टन होटलमा भएको गोलीकाण्ड प्रयासपछि अमेरिकी अधिकारीहरूले मुख्य संदिग्धको पृष्ठभूमि र उद्देश्यबारे गहिरो अनुसन्धान गरिरहेका छन् । क्यालिफोनिर्याको टोरेन्सका ३१ वर्षीय कोल टोमस एलनलाई सन्दिग्ध बताइएको छ ।
उनी पेसाले शिक्षक र भिडियो गेम डेभलपर हुन् । ‘विश्वास तोडेकोमा म माफी चाहन्छु,’ आक्रमणअघि उनले आफ्ना परिवारलाई पठाएको भनिएको सन्देशमा लेखेका थिए । आफूले प्रशासनका अधिकारीहरूलाई लक्षित गर्ने योजना बनाएको पनि पत्रमा उनले उल्लेख गरेका थिए । आफूले माफी पाउने अपेक्षा नगरेको पनि उनले लेखेका थिए ।
अधिकारीहरूका अनुसार एलनले आफूलाई ‘मैत्रीपूर्ण सङ्घीय हत्यारा’ भनेर वर्णन गर्दै राष्ट्रपति ट्रम्पप्रति असन्तुष्टि व्यक्त गरेका थिए ।
उनको परिवारका सदस्यहरूले बताएअनुसार उनी पछिल्लो समय लस एञ्जलसमा वामपन्थी गतिविधिहरूमा संलग्न हुँदै गएका थिए । उनले क्रमशः कट्टर विचार व्यक्त गर्न थालेका थिए । अनुसन्धानले देखाएअनुसार उनले बन्दुकहरू किनेका थिए र नियमित रूपमा फायरिङ अभ्यास पनि गर्दै आएका थिए ।
घटनाअघि उनी ट्रेनमार्फत लस एन्जलसबाट सिकागो हुँदै वासिङ्टन डीसी पुगेका थिए । प्रहरीका अनुसार उनीसँग । घड क्यालिबरको पेस्तोल र १२ गगको सटगन थियो । डिनर आयोजना भएको होटल बाहिर उनले सुरक्षा घेरा तोड्ने प्रयास गर्दा गोली चलेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण