नेकपाको महाधिवेशन मंसिर ११–१५ मा गर्न प्रस्ताव
सारांश
- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को महाधिवेशन आगामी मंसिरमा गर्ने प्रस्ताव गरिएको छ ।
- सोमबार बसेको केन्द्रीय संयोजन समितिको बैठकमा मंसिरमा महाधिवेशन गर्ने कार्यातालिका प्रस्ताव भएको हो ।
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को महाधिवशेन आगामी मंसिरमा गर्ने प्रस्ताव गरिएको छ ।
सोमबार बसेको केन्द्रीय संयोजन समितिको बैठकमा आगामी मंसिर ११ देखि १५ सम्म महाधिवेशन गर्ने कार्यातालिका प्रस्ताव भएको हो।
जेठ मसान्तसम्म सङ्घ, प्रदेश, पालिका, वडा र जनसङ्गठनको सङ्गठनात्मक समायोजन काम सम्पन्न गर्ने, असार–साउनसम्म श्रम शिविर सञ्चालन गर्ने, सदस्यता नवीकरण सम्पन्न र विस्तारको काम गर्ने रहेको एक नेताले जानकारी दिए । ती नेताका अनुसार भदौ १५ सम्म वडा अधिवेशन सम्पन्न सम्पन्न गर्ने, भदौ १६ देखि मसान्तसम्म पालिका अधिवेशन सम्पन्न गर्ने रहेको छ।
असोज मसान्तसम्म जिल्ला अधिवेशन सम्पन्न गर्ने, कात्तिक १५ सम्म प्रदेश अधिवेशन सम्पन्न गर्ने कार्यतालिका प्रस्ताव गरिएको छ । दस्ताबेज र प्रतिनिधि सम्बन्धी व्यवस्था कार्यसमितिबाट निर्णय गरिनेछ । त्यसका लागि कार्यविधि पठाइने ती नेताले जानकारी दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनारायण पाठक विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु
-
उपेन्द्र यादवको जसपा दल विभाजन सम्बन्धी मुद्दामा सुनुवाइ सकियो
-
गाजामा इजरायली आक्रमण, ८ जनाको मृत्यु
-
परम्परागत नेतृत्वको ‘कम्फर्ट जोन’ र पुराना मानक बदल्न विज्ञहरूको जोड
-
यी ६ सहकारीलाई कार्यालय खाली गर्न महानगरको १५ दिने म्याद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण