शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
संसदीय दल नेता

संख्यामा कम भए पनि सशक्त विचार बोकेर अगाडि बढ्छौँ : आङ्देम्बे

सोमबार, १४ वैशाख २०८३, १६ : ०७
सोमबार, १४ वैशाख २०८३

सारांश

  • नेपाली कांग्रेसका नवनिर्वाचित संसदीय दलका नेता भीष्मराज आङदेम्बेले आफूहरू संख्यामा कम भए पनि सशक्त र प्रस्ट विचार बोकेर अगाडि बढ्ने बताएका छन् ।
  • सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता आङदेम्बेले कांग्रेसले प्रमुख प्रतिपक्षी दलको हैसियतमा राम्रा कामको समर्थन र संविधान विपरीतका कामको विरोध गर्ने बताए ।
  • उनले संसद्‌मा संख्याभन्दा विचारले महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।

काठमाडौँ । नेपाली कांग्रेसका नवनिर्वाचित संसदीय दलका नेता भीष्मराज आङदेम्बेले आफूहरू संख्यामा कम भए पनि सशक्त र प्रस्ट विचार बोकेर अगाडि बढ्ने बताएका छन् ।

सोमबार संसदीय दलको नेतामा सर्वसम्मत भएपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै नेता आङदेम्बेले भने,‘हामी संख्यामा कम छौँ, विचारमा परिपक्व र प्रस्ट छौँ ।’

आङदेम्बेले कांग्रेसले प्रमुख प्रतिपक्षी दलको हैसियतमा र आफूले प्रमुख प्रतिपक्षी दलको नेताका हैसियतमा सरकारले गर्ने राम्रा कामको समर्थन गर्ने र संविधान विपरीतका कामको विरोध गरेर सरकारलाई सचेत बनाउने बताए । 

संसद्‌मा संख्याले भन्दा विचारले महत्त्वपूर्ण भूमिका निभाउने आङदेम्बेको भनाइ थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप