‘बा : एक योद्धा’ भदौ १९मा रिलिज हुने
सारांश
- चलचित्र 'बा : एक योद्धा' आगामी भदौ १९ गतेबाट प्रदर्शनमा आउने भएको छ ।
- हरि लम्सालको निर्देशन रहेको फिल्मका निर्माता वसन्त लम्साल हुन् ।
- यस फिल्ममा झरना थापा, उनकी छोरी सुहाना थापा र अभिनेता दिव्यदेव पन्त मुख्य भूमिकामा छन् ।
काठमाडौँ । चलचित्र ‘बा : एक योद्धा’ आगामी भदौ १९ गतेबाट प्रदर्शनमा आउने भएको छ । निर्माण पक्षले वितरकहरूसँग भएको आपसी सहमति र सम्झौता अनुसार फिल्म भदौमा ल्याउन लागेको हो ।
नेपाली संगीत क्षेत्रमा दर्जनौँ कालजयी गीतहरू दिइसकेका चर्चित संगीतकार हरि लम्सालको निर्देशन रहेको फिल्म ‘बा : एक योद्धा’का निर्माता वसन्त लम्साल हुन् । गायक तथा सर्जक समेत रहेका लम्सालले यस अघि अभिनेता विपिन कार्कीलाई लिएर चलचित्र ‘कर्मा निर्माण गरेका थिए ।
गत चैत्र ९ गतेदेखि छायांकन सुरु भएको चलचित्रको निर्माण पक्षले सुरुवाती दिनदेखि नै कलाकारको नामलाई लिएर ‘सस्पेन्स’ कायम राख्दै आएको थियो । तर केही दिनअघि मात्र अभिनेत्री झरना थापा, उनकी छोरी सुहाना थापा र अभिनेता दिव्यदेव पन्त चलचित्रको मुख्य भूमिकामा रहेको जानकारी दिएको थियो ।
झरना र सुहानाले पहिलो पटक पर्दामा एकसाथ अभिनय गर्न लागेका हुन् । वास्तविक जीवनका आमा–छोरी रहेका उनीहरु चलचित्रमा पनि आमा र छोरीकै भूमिकामा देखिनेछन् । नेपाली परिवारमा बुवाको महत्व, उनले सन्तानको भविष्यका लागि गर्ने त्याग, संघर्ष र जीवनभर झेल्ने चुनौतीहरूलाई एउटा ‘योद्धा’को रूपमा चित्रण फिल्मले गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
-
रास्वपा महाधिवेशनको दोस्रो दिन: बन्द सत्रको कार्यतालिका संशोधन
-
राप्रपाका पूर्वअध्यक्षत्रयको संयुक्त वक्तव्य, ‘हाम्रै जीवनकालमा पार्टी पतन भएको हेर्न चाहँदैनौं’
-
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन
-
तनहुँमा आर्थिक गणना : लक्ष्यभन्दा बढी प्रतिष्ठान समेटिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण