सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
फोटो

संयुक्त विद्यार्थी आन्दोलनद्वारा त्रिभुवन विश्वविद्यालय परिसरमा मार्चपास, तस्बिरहरू

मङ्गलबार, १५ वैशाख २०८३, १३ : २३
मङ्गलबार, १५ वैशाख २०८३

काठमाडौँ । संयुक्त विद्यार्थी आन्दोलनले सरकारले विभिन्न राजनीतिक दलनिकट विद्यार्थी सङ्गठनमाथि प्रतिबन्ध लगाउने तयारी गरेकोमा विरोध गर्दै त्रिभुवन विश्वविद्यालय परिसरमा मार्चपास गरेको छ।

विद्यार्थी सङ्गठनहरूमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णय संविधान, लोकतान्त्रिक मूल्य–मान्यता विपरीत तथा नागरिक अधिकारमाथिको प्रत्यक्ष आक्रमण भएको भन्दै उक्त निर्णय तत्काल फिर्ता गर्नुपर्ने उनीहरूको माग छ।

सो क्रममा उनीहरूले, बढ्दो महँगी नियन्त्रण गर, शैक्षिक संस्थालाई व्यापारीकरण गर्ने अभ्यास बन्द गर, मेरिटोक्रेसी (योग्यता प्रणाली) लागू गर, ४५% भाडा छुट कायम गरलगायतका नाराअंकित प्लेकार्डसमेत बोकेका थिए । 

IMG_0001 (1)IMG_0012IMG_0020IMG_0027IMG_0032IMG_0040IMG_0042IMG_0619IMG_0623IMG_0629IMG_0631IMG_0638IMG_9994 (1)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप