बाढीको जोखिम र ढलको छेउमा बस्न बाध्य बनाएर भोट बैंकको राजनीति गर्नु गलत हो : रवि लामिछाने
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सुकुमबासीलाई बाढीको जोखिम र ढलको छेउमा बस्न बाध्य पारेर भोट बैंकको राजनीति गर्नु गलत भएको बताएका छन् ।
- उनले जोखिमपूर्ण स्थानमा रहेका सुकुमबासीलाई सुरक्षित स्थानमा सार्ने, लगत सङ्कलन र व्यवस्थापनमा सरकार जिम्मेवार हुने बताए ।
- लामिछानेले सुकुमबासी समस्याको समाधानका लागि विशेष आयोग गठन गरिने र कसैलाई पनि घरबारविहीन नबनाइने प्रतिबद्धता व्यक्त गरे ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले सुकुमबासीलाई बाढीको जोखिम र ढलको छेउमा बस्न बाध्य बनाएर भोट बैंककाे राजनीति गर्नु गलत भएको बताएका छन् ।
बुधबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकमा लामिछानेले सुकुमबासी समस्यालाई भोटको राजनीति गर्नु गलत भएको बताएका हुन्।
‘कसैलाई बाढीको जोखिम र ढलको छेउमा बस्न बाध्य बनाएर भोट बैंकको राजनीति गर्नु गलत हो’, बैठकमा उनले भने।
जोखिमपूर्ण स्थानमा रहेको सुकुमबासीलाई पटक पटक सूचना दिएर सुरक्षित स्थानमा सरल तरिकाले सारिएको, लगत सङ्कलन र व्यवस्थापनमा सरकार जिम्मेवार भएर काम गर्ने उनले बताए ।
‘ढलको छेउमा,बाढीको छेउमा बस्न बाध्य नागरिकको सुरक्षित वासस्थानबारे चिन्ता छ, सबैको भविष्यबारे चिन्ता गर्नु यो सरकारको कर्तव्य हो’, लामिछानेले भने, ‘देशैभरीको यस्तो समस्यालाई एक विशेष आयोग बनाएर शीघ्र काम गरिने छ। तर यो क्रममा सरकारले कसैलाई घरबार विहीन बनाउने छैन। सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ।’
सरकारले कोही सुकुमबासीहरूलाई घरबार विहीन हुन नदिने बताउँदै आवश्यक समन्वयको लागि सुझाव स्वागत योग्य भएको बताए । उनले यस विषयलाई अनावश्यक राजनीतिकरण गर्नु नहुने समेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
-
रास्वपा महाधिवेशनको दोस्रो दिन: बन्द सत्रको कार्यतालिका संशोधन
-
राप्रपाका पूर्वअध्यक्षत्रयको संयुक्त वक्तव्य, ‘हाम्रै जीवनकालमा पार्टी पतन भएको हेर्न चाहँदैनौं’
-
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन
-
तनहुँमा आर्थिक गणना : लक्ष्यभन्दा बढी प्रतिष्ठान समेटिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण