पश्चिम बङ्गाल, असम, केरला र तमिलनाडुमा मतदान : मतगणना मे ४ मा
पश्चिम बङ्गाल । पश्चिम बङ्गालमा दोस्रो चरणको मतदानसँगै चार राज्य र एक केन्द्र शासित प्रदेशमा विधानसभा चुनावको मतदान पूरा भएको छ। असम, केरला र पुडुचेरीमा अप्रिल ९ मा एकै चरणमा मतदान भएको थियो । तमिलनाडुमा पनि अप्रिल २३ मा एकै चरणमा मतदान भएको थियो ।
पश्चिम बङ्गालमा अप्रिल २३ र २९ मा दुई चरणमा चुनाव भएको हो । मतदान सकिएपछि यी सबै विधानसभाका फरक–फरक मतदान सर्भेक्षण पनि सार्वजनिक भएका छन् ।
मतदान सर्भेक्षण अनुमान मात्र हो । यी सबै राज्यको मतगणना मे ४ मा हुनेछ र त्यसपछि मात्र अन्तिम परिणाम थाहा हुनेछ । पश्चिम बङ्गालका बारेमा विभिन्न मतदान सर्भेक्षणले फरक कथा बताइरहेका छन् ।
पश्चिम बङ्गाल विधानसभाको कुल २९४ सदस्यका लागि भएको निर्वाचनमा बहुमतका लागि १४८ सिट आवश्यक छ । पिमार्कको मतदान सर्भेक्षणअनुसार तृणमूललाई ११८ देखि १३८ सिट, भाजपालाई १५० देखि १७५ र अन्यलाई दुई देखि छ सिट दिइएको छ ।
म्याट्रिक्सको मतदान सर्भेक्षणअनुसार तृणमूललाई १२५–१४०, भाजपालाई १४६–१६१ र अन्यलाई ६–१० सिट दिइएको छ । मतदान सर्भेक्षणका अनुसार तृणमूललाई १७७–१८७, भाजपालाई ९५–११०, काङ्ग्रेसलाई १–३ र वामपन्थीलाई एक सिट दिइएको छ ।
चाणक्य रणनीतिको मतदान सर्भेक्षणका अनुसार तृणमूललाई १३०–१४०, भाजपालाई १५०–१६० र अन्यलाई ६–१० सिट दिइएको छ । असममा अप्रिल ९ मा एकै चरणमा मतदान भएको थियो । असम विधानसभामा १२६ सिट छन् भने बहुमतको आँकडा ६४ छ ।
अधिकांश मतदान सर्भेक्षणले भाजपा गठबन्धनमा अग्रता देखाएका छन् । एक्सिस माई इन्डियाको मतदान सर्भेक्षणअनुसार भाजपा गठबन्धनले ८८ देखि १०० सिट लिएका छन् भने काङ्ग्रेस गठबन्धनले २४–३६ सिट र अन्यलाई ०–३ सिट पाउने आँकलन गरिएको छ।
जेभिसीको मतदान सर्भेक्षणमा भाजपा गठबन्धनले ८८–१०१, काङ्ग्रेस गठबन्धनले २३–३३ र अन्यले २–५ सिट पाउने आँकलन गरिएको छ। पिमार्कको म्तदान सर्भेक्षणमा भाजपा गठबन्धनले ८२–९४, काङ्ग्रेस गठबन्धनले ३०–४० र अन्यले १–५ सिट पाउने आँकलन गरिएको छ।
मतदान सर्भेक्षणका अनुसार भाजपा गठबन्धनले ८५–९५, काङ्ग्रेस गठबन्धनले २५–३२ र अन्यले ६–१२ सिट पाउने आँकलन गरिएको छ। पिपुल्स पल्सको मतदान सर्वेक्षणअनुसार भाजपा गठबन्धनले ६८–७२, काङ्ग्रेस गठबन्धनले २२–२६ र अन्यलाई ११–१५ सिट आउने आँकलन गरिएको छ।
मतदान सर्भेक्षणमा भाजपा गठबन्धनले ८६–१०१, काङ्ग्रेस गठबन्धनले १५–२६ र अन्यले ३–७ सिट पाउने आँकलन गरिएको छ। केरला विधानसभाको १४० सिटका लागि अप्रिल ९ मा एकै चरणमा मतदान भएको थियो । यहाँ बहुमतको सङ्ख्या ७१ रहेको छ ।
एक्सिस माई इन्डियाको म्तदान सर्भेक्षणअनुसार एलडिएफलाई ४९–६२, युडिएफलाई ७८–९० र भाजपा गठबन्धनलाई ०–३ सिट पाउने आँकलन गरिएको छ। पिमार्कको मतदान सर्भेक्षणमा एलडिएफले ६२–६९, युडिएफले ७१–७९, भाजपा गठबन्धनले १–४ र अन्यलाई ०–३ सिट पाउने आँकलन गरिएको छ।
म्तदान सर्भेक्षणअनुसार एलडिएफलाई ६०–६५, युडिएफलाई ७०–७५, भाजपा गठबन्धनलाई ३–५ र अन्यलाई २–४ सिट पाउने आँकलन गरिएको छ। पिपुल्स पल्सको मतदान सर्भेक्षणमा एलडीएफलाई ५५–६५, यूडीएफलाई ७५–८५ र भाजपा गठबन्धनले ०–३ सिट पाउने आँकलन गरिएको छ।
तमिलनाडु विधानसभाको २३४ सिटका लागि अप्रिल २३ मा एकै चरणमा मतदान भएको थियो। यहाँ बहुमतको सङ्ख्या ११८ छ । पी–मार्क मतदान सर्भेक्षणमा डीएमके गठबन्धनले १२५–१४५, एआईएडीएमके गठबन्धनले ६५–८५, टिभिकेलाई १६–२६ र अन्यलाई १–६ सिट पाउने आँकलन गरिएको छ।
म्याट्रिक्सको मतदान सर्भेक्षणमा डिएमके गठबन्धनले १२२–१३२, एआईएडिएमके–गठबन्धनले ८७–११०, टिभिकेलाई १०–१२ र अन्यलाई ०–६ सिट पाउने आँकलन गरिएको छ। पिपुल्स पल्स मतदान सर्भेक्षणमा डिएमके गठबन्धनले १२५–१४५, एआइएडिएमकेले ६५–८०, टीभीकेलाई १८–२४ र अन्यलाई २–६ सिट पाउने आँकलन गरिएको छ।
चाणक्य रणनीतिको म्तदान सर्भेक्षणका अनुसार डीएमके गठबन्धनले १४५–१६०, एआइएडिएमके गठबन्धनले ५०–६५, टिभीकेलाई शून्य र अन्यलाई १८–२६ सिट पाउने आँकलन गरिएको छ।
एक्सिस माई इन्डियाको म्तदान सर्भेक्षणका अनुसार डिएमके गठबन्धनले ९२–११० सिट पाएका छन् भने एआईएडीएमकेले २२–३२ सिट र टिभिकेलाई ९८–१२० पाउने आँकलन गरिएको छ।
हालैको विधानसभा चुनावको दौरान, एक केन्द्र शासित प्रदेश पुडुचेरीमा पनि अप्रिल ९ मा मतदान भएको थियो। कुल ३० सदस्यीय पुडुचेरी विधानसभामा बहुमतका लागि १६ सदस्यले जित्नु आवश्यक छ।
एक्सिस माई इन्डियाको मतदान सर्भेक्षणअनुसार भाजपा गठबन्धनले १६–२०, काङ्ग्रेस गठबन्धनले ६ देखि ८ र अन्यले ३ देखि ७ सिट पाउने अनुमान गरिएको छ । पिपुल्स पल्सको एग्जिट पोलमा भाजपा गठबन्धनले १६–१९, काङ्ग्रेस गठबन्धनले १०–१२ र अन्यले १–२ सिट पाउने अनुमान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
-
गर्मीमा कति दिनसम्म सुरक्षित रहन्छ अन्डा ?
-
युरोपलाई रूसी तेल र ग्यास जरूरी : क्रेमलिन
-
जसाेतसाे सत्ता जाेगाए सुदूरपश्चिमका मुख्यमन्त्री शाहले
-
जसपा नेपाल विभाजन विवाद : सर्वाेच्चले गर्याे उपेन्द्र यादवको पक्षमा फैसला
-
जातीय भेदभाव राष्ट्रको साझा समस्या हो : गगन थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण