अध्यादेशको हलचल : मोर्चाबन्दीमा विपक्षी, कानुनी परामर्शमा राष्ट्रपति
सारांश
- संसद् अधिवेशन रोकेर सरकारले ६ अध्यादेश सिफारिस गरेपछि राजनीतिक र कानुनी क्षेत्रमा हलचल पैदा भएको छ ।
- विपक्षी दलहरूले अध्यादेश फिर्ता गरी संसद् अधिवेशन बोलाउन र राष्ट्रपतिलाई अध्यादेश अस्वीकृत गर्न आग्रह गरेका छन् ।
- अध्यादेशबारे कानुनी परामर्श गर्न राष्ट्रपति रामचन्द्र पौडेलले संविधानविद्हरूसँग छलफल गर्दैछन् ।
काठमाडौँ । संसद् अधिवेशन रोकेर सरकारले एकै पटक ६ वटा अध्यादेश सिफारिस गरेपछि राजनीतिक र कानुनी क्षेत्रमा हलचल पैदा भएको छ ।
जनताको सर्वोच्च प्रतिनिधिमूलक संस्था संसदलाई छलेर अध्यादेशको बाटोमा लागेको भन्दै विपक्षी राजनीतिक दलदेखि कानुनी, संवैधानिक र संसदीयम मामलाका जानकारहरूले आपत्ति जनाएका छन् । तर सरकार पक्षले भने जनाका काम छिटो छरितो र प्रभावकारी बनाउन अध्यादेशमार्फत कानुन संशोधन गर्न लागेको दाबी गरिहरेको छ ।
सरकारको उक्त दाबीसँग प्रमुख प्रतिपक्षसहित संसदमा विपक्षीको भूमिकामा रहेका राजनीतिक दलहरू सहमत हुन सकेका छैनन् । उनीहरूले तत्काल सिफारिस अध्यादेशहरू फिर्ता गरेर संसद् अधिवेशन बोलाउन तथा राष्ट्रपति रामचन्द्र पौडेललाई अध्यादेश अस्वीकृत गर्न आग्रह गरिरहेका छन् ।
बुधवार नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राप्रपासहितको बैठकले सरकार र राष्ट्रपतिलाई यस्तो आग्रह गरेका हुन् ।
विपक्षी चार दलले आज बिहीबार पनि समसामयिक घटनाक्रम र जल्दाबल्दा विषयहरूमा एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा छलफल गर्दछन् ।
बिहान ११ बजेपछि हुने विपक्षीहरूको बैठकमा अध्यादेश, सुकुमबसीमाथिको धरपकड लगायतका विषयमा छलफल हुने नेकपा एमाले राष्ट्रिय सभा दलका नेता डा. प्रेम दंगालले जानकारी दिए ।
‘समसामयिक विषयहरू अध्यादेश, सुकुमबासी तथा भूमिहीनको समस्या लगायतमा धारणा बनाउन बैठक बोलाइएको हो’, डा.दंगालको भनाइ छ ।
यता सरकारले अध्यादेशको बाढी लगाएको अवस्था र विपक्षीले ती अध्यादेश स्वीकृत नगर्न गरेको आग्रहले राष्ट्रपति रामचन्द्र पौडेल दबाबमा परेका छन् । अध्यादेश स्वीकृत गर्नुपर्ने बाध्यता र विपक्षीको अस्वीकृत गर्न दिएको सुझावको दोहोरो दबाबमा परेपछि राष्ट्रपति पौडेलले संविधान र कानुनका जानकारहरूसँग परामर्श गर्न लागेका छन् । राष्ट्रपति पौडेलले बिहीबार दिउँसो ४ बजे संविधानविद्हरूलाई शीतल निवास बोलाएर छलफल गर्न लागेको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।
सरकारले सार्वजनिक निकायमा हुने नियुक्तिलाई पारदर्शी र प्रतिस्पर्धी बनाउने, दलीय राजनीतीकरण अन्त्य गर्ने, सार्वजनिक निर्माणलाई तीव्रता दिने, सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तथा भूमि, मालपोत र नापी लगायतका सेवा प्रभावकारी बनाउने उद्देश्यसहित ६ अध्यादेश राष्ट्रपति समक्ष सिफारिस गरिसकेको छ । सरकारले ती बाहेक अन्य अध्यादेश पनि सिफारिसका लागि पाइपलाइमा राखेको बताइएको छ ।
राष्ट्रपति पौडेल दबाबमा परेकै बेला कतिपयले उनको भूमिका के हुन्छ ? भनेर समेत चासो राख्न थालेका छन् । संविधान त सरकारको सिफारिस सेरोमोनियल राष्ट्रपतिले स्वीकृत गर्नुपर्ने हुन्छ ।
राष्ट्रपति कार्यालय स्रोतका अनुसार राष्ट्रपतिले वरिष्ठ कानुन व्यवसायीहरू शम्भु थापा, टिकाराम भट्टराई, पूर्णमान शाक्य, भीमार्जुन आचार्य, विपिन अधिकारी र शेरबहादुर केसी, ललित बस्नेतलाई छलफलमा बोलाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
रेकर्ड तोडेपछि क्लोजको प्रतिक्रिया : ‘मेस्सी नै सर्वकालीन उत्कृष्ट खेलाडी’
-
अल्जेरियाको शानदार पुनरागमन, जोर्डनलाई २–१ ले हराउँदै पहिलो जित दर्ता
-
सार्वजनिक सवारी दर्ता विवादमा समाधानको प्रयास, पुराना एलसी भएका सवारी दर्ता गर्न पाइने
-
धुलिखेल–खावा सडकमा असार १४ देखि टिपरलाई पूर्ण प्रतिबन्ध
-
दल परिवर्तन गर्ने जुम्ला, नवलपरासी र रुपन्देहीका तीन जनप्रतिनिधिको पद रिक्त
-
अल्जेरियाको शानदार पुनरागमन, जाेर्डनविरुद्ध २–१ को अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण