आइतबार, १४ असार २०८३
ताजा लोकप्रिय

१२५ डलरमाथि उक्लियो ब्रेन्ट क्रुडको भाउ

बिहीबार, १७ वैशाख २०८३, ११ : २०
बिहीबार, १७ वैशाख २०८३

सारांश

  • विश्व बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा बढ्दै गएको छ, ब्रेन्ट क्रुडको भाउ प्रति ब्यारेल १२५ डलरभन्दा माथि पुगेको छ ।
  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी बन्दरगाहहरूमा नौ सैनिक नाकाबन्दी अझ लम्ब्याउने विषयमा विचार गरिरहेको अवस्थामा तेलको मूल्यमा यस्तो उछाल आएको हो ।
  • अमेरिका र इरानबीच प्रत्यक्ष वार्ता असफल भएपछि तेल आपूर्तिको मुख्य मार्ग मानिने स्ट्रेट अफ होर्मुज अझै प्रभावकारी रूपमा बन्द रहेको छ ।

वासिङ्टन डिसी । विश्व बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा बढ्दै गएको छ । कच्चा तेलको अन्तर्राष्ट्रिय मापदण्ड ब्रेन्ट क्रुडको भाउ बिहीबार बिहान प्रति ब्यारेल १२५ डलरभन्दा माथि पुगेको छ । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी बन्दरगाहहरूमा नौ सैनिक नाकाबन्दी अझ लम्ब्याउने विषयमा विचार गरिरहेको अवस्थामा तेलको मूल्यमा यस्तो उछाल आएको हो । 

जुन महिनाको डेलिभरीको ब्रेन्ट कच्चा तेल सम्झौता पहिले नै युद्धकालीन उच्च स्तरमा पुगेको थियो । तर बुधवार दिउँसोसम्म यसले १२ प्रतिशतभन्दा धेरैले बढेर १२५ डलर नाघ्यो ।

त्यस्तै अमेरिकी मापदण्ड वेष्ट टेक्सास इन्टरमिडियट डब्ल्यूटीआई) ३ प्रतिशतभन्दा बढीले बढेर ११० डलरभन्दा माथि पुगेको छ । अमेरिकामा इन्धन चार वर्षयताकै महँगो भएको बेलामा विश्व बजारमा कच्चा तेल मूल्य बढिरहेको छ ।

 यसैबिच अमेरिका र इरानबीच प्रत्यक्ष वार्ता असफल भएपछि तेल आपूर्तिको मुख्य मार्ग मानिने स्ट्रेट अफ होर्मुज अझै प्रभावकारी रूपमा बन्द रहेको छ । 

स्रोतका अनुसार ट्रम्प र उनका प्रमुख सल्लाहकारबीच भएको बैठकपछि इरानी बन्दरगाहहरूमा अमेरिकी नौ सैनिक नाकाबन्दी जारी राख्ने तथा होर्मुज जलमार्ग लामो समयसम्म बन्द गर्ने तयारी भइरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप