विराटनगरमा पहिलो पटक पाँचतारे होटल सञ्चालनमा
विराटनगर । पहिलो पटक विराटनगरमा पाँचतारे होटल सञ्चालनमा आएको छ । विराटनगरको भृकुटी चौकमा पहिलोपटक अन्तर्राष्ट्रिय सञ्जाल भएको पाँचतारे होटल ‘लेमन ट्री प्रिमियर’ सञ्चालनमा आएको हो ।
विराटनगरमा रहेर विभिन्न उद्यम व्यवसाय गरिरहेका सक्रिय चार जना युवा उद्यमीहरूले अन्तर्राष्ट्रिय सञ्जाल भएको भारतीय फाइट स्टार चेनहोटल ‘लेमेन ट्री प्रिमियर’ बिहीबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको हो।
विराटनगरका उद्यमीहरू मनोजविक्रम शाह, विकास चौधरी, कविन श्रेष्ठ र प्रशान्त तातेडले करिब दुई अर्ब लगानी गरेको उक्त ‘लेमन ट्री प्रिमियर’ विराटनगरको पहिलो फाईभ स्टार होटल हो ।
विराटनगरको भृकुटी चोकमा ७ कठ्ठा जमिनमा निर्माण भएको उक्त पाँचतारे होटलमा अन्तर्राष्ट्रिय स्तरका सुविधा सम्पन्न ८० वटा कोठा सहितको सुविधाहरू रहेका छन् । होटलको सबै व्यवस्थापनको जिम्मा भारतको टिल्ली स्थित ‘लेमन ट्री प्रिमियर’ नै लिएको सञ्चालक सदस्य मनोजविक्रम शाहले बताए । उनका अनुसार होटलमा केही भारतीय बाहेक ८० जना नेपालीहरूले प्रत्यक्ष रोजगारी पाएका छन् ।
मुख्य व्यवस्थापनकर्ता भारतीय भएको लेमन ट्री हस्पिटालिटी अन्तर्गतका होटलहरुमा नेपालमा काठमाडौँ, चितवन र विराटनगरमा सञ्चालनमा आइसकेका छन् । तनहुँको बन्दिपुरमा पनि यही सञ्जालको पाँचतारे होटल सञ्चालनमा आउँदैछ । लेमन ट्री प्रिमियर समुहको अन्तराष्ट्रियस्तरमा करिब एक सय जति होटलहरु सञ्चालनमा रहेका छन् ।
पहिलो पटक विराटनगरमा सञ्चालनमा आएको पाँचतारे होटल ‘लेमन ट्री प्रिमियर’मा सुविधा सम्पन्न ८० वटा कोठा सहित २ हजार जना क्षमताको ब्यांकेट हल, विभिन्न रेष्टुरेन्टहरु, स्विमिङग पुल, स्पा, जिमहललगायतका सुविधा रहेका छन् । होटल जम्मा ६ तलाको रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किन उत्तर कोरिया जाँदैछन् सी जिनपिङ ?
-
जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता
-
विश्वकपमा घरमै बसेर कमाउने नाममा ठगीको जोखिम, प्रहरीले गरायो सचेत
-
अब पुराना कुराकानी बिर्सिने छैन च्याटजीपीटी, मेमोरी फिचरमा नयाँ अपग्रेड
-
हामी विगतका गल्ती र अलमलबाट टाढा छौँ : परराष्ट्रमन्त्री खनाल
-
इन्स्टाग्रामद्वारा सशुल्क ग्राहकका लागि ‘इन्स्टाग्राम प्लस’ सार्वजनिक : अरूको स्टोरी गोप्य रूपमा हेर्न पाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण