शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

निजी विद्यालयले अनावश्यक शुल्क लिएपछि नगरपालिकाले निकाल्यो ६ बुँदे निर्देशन

बिहीबार, १७ वैशाख २०८३, २० : ०६
बिहीबार, १७ वैशाख २०८३

सुर्खेत । कर्णाली प्रदेशको राजधानीसमेत रहेको वीरेन्द्रनगरमा निजीदेखि सामुदायिक विद्यालयहरूले भर्ना लगायतका विभिन्न शीर्षकमा शुल्क लिने गरेका गुनासाहरू यत्रतत्र आइरहेका छन् । 

गैरकानुनी रूपमा अनावश्यक शुल्क नलिन संघीय सरकारले भने पनि यहाँका सामुदायिक तथा निजी विद्यालयहरूले धमाधम लिइरहेका छन् । विशेषगरी वीरेन्द्रनगरमा निजी विद्यालयले अनावश्यक शुल्क लिएको भन्दै व्यापक मात्रामा गुनासारू नगरपालिकासमक्ष नै पुगेका छन् । 

बिहीबार नगरपालिकाले निजी विद्यालयका नाममा ६ बुँदे निर्देशन जारी गरेको छ । 

‘नगरपालिकाअन्तर्गत सञ्चालित केही संस्थागत विद्यालयले शैक्षिक सत्र ०८३ को विद्यार्थी भर्ना गर्ने सिलसिलामा एक पटकभन्दा बढी भर्ना शुल्क लिएको, चर्को वार्षिक शुल्क लिएको, अनावश्यक शीर्षकमा शुल्क लिएको तथा विद्यालयबाट नै पाठ्यपुस्तक र पोसाक वितरण गर्न बाध्य बनाएको जस्ता जनगुनासोहरू आएका छन्,’ सार्वजनिक पत्रमा भनिएको छ । 

यस्ता छन् निर्देशनहरूः

१० भर्ना हुँदा एकपटक मात्र जुन कक्षामा भर्ना हुने हो सोही कक्षाको मासिक शुल्कको एक महिनाको शुल्क रकम नबढ्ने गरी लिने ।
२० कुनै एक कक्षामा भर्ना भईसकेको विद्यार्थीका लागि पुनः अर्को कक्षामा भर्ना हुँदा भर्ना शुल्क नलिने ।
३० बढीमा दुई महिनाको मासिक शुल्क बराबरको रकम हुने गरीमात्र वार्षिक शुल्क वर्षको एक पटक मात्र लिने ।
४० सम्बन्धित विद्यालय वा कुनै एक स्थानबाट मात्र पाठ्यपुस्तक र पोसाक बिक्री वितरण नगर्ने नगराउने ।
५० विद्यालयबाट लिइने शुल्क, विद्यार्थीले किन्नुपर्ने पाठ्यपुस्तक र पोसाकसम्बन्धी विवरण विद्यालयको सूचना पाटीमा सबैले देख्ने र जानकारी लिन सक्ने गरी सार्वजनिक गर्ने गराउने । र विद्यार्थीबाट लिइने शुल्कको विवरण बैशाख मसान्तसम्म अनिवार्य रुपमा यस कार्यालयमा पेस गर्ने ।
६० शिक्षा नियमावली २०५९ र संस्थागत विद्यालय शुल्क निर्धारण मापदण्ड निर्देशिका २०७२ बमोजिम शुल्क लिने र मापदण्डमा तोकिएको शीर्षकबाहेक अन्य शीर्षकमा शुल्क नलिने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप