बुटवलमा घरघरबाट फोहोर वर्गीकरण गर्ने अभियान सुरु
बुटवल । बुटवल उपमहानगरपालिकाले फोहोर व्यवस्थापनलाई आधुनिक, व्यवस्थित र दिगो बनाउने उद्देश्यसहित वडा नम्बर ७ र ८ मा घरदैलो अभियान सुरु गरेको छ। संयुक्त राष्ट्र विकास कार्यक्रम को सहयोग तथा फोहोर सरसफाइ सहकारी संस्थाको आयोजनामा घरघरमै फोहोरको वर्गीकरण गर्ने अभियान सञ्चालन गरिएको हो। उक्त अभियानमार्फत घरमै तीन तहमा फोहोर छुट्याउने अभ्यासलाई प्रोत्साहन गरिएको जनाइएको छ।
अभियान अन्तर्गत कुहिने, नकुहिने र पुनः प्रयोग गर्न सकिने फोहोर छुट्याएर व्यवस्थापन गर्ने विषयमा घरघरमा पुगेर जनचेतना अभिवृद्धि गरिएको छ। साथै प्लास्टिकका झोला, पानीका बोतल तथा सेनेटरी प्याडजस्ता वस्तुहरू गल्न लामो समय लाग्ने भएकाले यस्ता फोहोरको उचित व्यवस्थापन अत्यन्त आवश्यक रहेको जानकारी दिइएको छ।
बुटवल–७ मा रहेको फोहोर प्रशोधन केन्द्रमा जैविक फोहोरबाट मल उत्पादन गर्ने तथा प्लास्टिकजन्य फोहोरबाट इँटा उत्पादन गर्ने प्रविधि यसअघि नै सञ्चालनमा ल्याइएको छ। अब घरमै छुट्याइएको फोहोरलाई समेत उक्त केन्द्रमा लगेर प्रशोधन गरिनेछ।
बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डे ले घरबाटै फोहोर छुट्याउने बानी विकास गर्न सके फोहोरलाई स्रोतमा रूपान्तरण गर्न सकिने बताए।
उनले फोहोरको सही व्यवस्थापनबाट मल, इँटा तथा अन्य उपयोगी सामग्री उत्पादन गर्न सकिने भएकाले नागरिक सचेतना पहिलो प्राथमिकता भएको उल्लेख गरे। साथै, जथाभावी फोहोर फाल्ने प्रवृत्ति अन्त्य गर्दै घरबाटै तीन तहमा फोहोर छुट्याएर “फोहोरलाई मोहर बनाउने” अभियानमा सबैलाई सहभागी हुन आग्रह गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीको दर्मीजामा कृषि पर्यटनको नयाँ लहर
-
को बन्ला ३०औँ मुख्यसचिव ? १० सचिव दाबेदार
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
-
रास्वपा महाधिवेशनको दोस्रो दिन: बन्द सत्रको कार्यतालिका संशोधन
-
राप्रपाका पूर्वअध्यक्षत्रयको संयुक्त वक्तव्य, ‘हाम्रै जीवनकालमा पार्टी पतन भएको हेर्न चाहँदैनौं’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण