संसदीय दलमा सबै पदाधिकारीको पदपूर्ति गर्न सभामुखको सुझाव
सारांश
- सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूलाई संसदीय दलका पदाधिकारीहरूको पदपूर्ति गर्न सुझाएका छन् ।
- सोमबार सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख सचेतकहरूसँगको छलफलमा सभामुख अर्यालले पहिला संसदीय दलका पदाधिकारीको पदपूर्ति गर्न सुझाएका हुन् ।
- बैठकमा सहभागी दलका प्रमुख सचेतकहरूले सभामुखको सुझाव अनुसार पदाधिकारीहरूको पदपूर्ति गरिने बताएका छन् ।
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूलाई संसदीय दलका पदाधिकारीहरूको पदपूर्ति गर्न सुझाएका छन् । सोमबार सिंहदरबारस्थित आफ्नो कक्षामा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख सचेतकहरूसँग गरेको छलफलमा सभामुख अर्यालले पहिला संसदीय दलका पदाधिकारीको पदपूर्ति गर्न सुझाएका हुन् ।
बैठकमा सहभागी नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले सभामुखले प्रमुख सचेतकहरूसँग पहिलो बैठक गरेको र त्यसमा सदनको काम सहज रूपमा सञ्चालन गर्न पदाधिकारीहरू पदपूर्ति गर्न सुझाएको जानकारी दिइन् ।
‘सभामुखज्यूले प्रमुख सचेतक र सचेतकहरूसँग पहिलो बैठक गर्नुभएको हो । शुभकामना आदानप्रदान र सदन सञ्चालनका विषयमा सल्लाह र समन्वय गर्ने विषयमा कुराकानी भयो,’ प्रमुख सचेतक थापाले रातोपाटीसँग भनिन्, ‘छलफलका क्रममा सभामुखज्यूले संसदीय दलका पदाधिकारीहरूको पदपूर्ति गर्न र सचिवालयमा जानकारी गराउन सुझाउनुभयो ।’

सभामुख अर्यालले सत्ताको नेतृत्वकर्ता राष्ट्रिय स्वतन्त्र पार्टीसहितका केही दलले पदाधिकारीहरूको विवरण सचिवालयमा उपलब्ध नगराएको भन्दै गराउन आग्रह गरेका थिए ।
बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट सचेतकद्वय क्रान्तिशिखा धिताल र प्रकाशचन्द्र परियार, नेपाली कांग्रेसबाट प्रमुख सचेतक थापा, नेकपा एमालेबाट सचेतक निता घतानी, नेपाली कम्युनिस्ट पार्टीबाट प्रमुख सचेतक युवराज दुलाल र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रमुख सचेतक खुस्बु ओली सहभागी थिए ।
श्रम संस्कृति पार्टीबाट भने कोही पनि प्रतिनिधि सहभागी थिएनन् । सङ्घीय संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराज गिरीले सभामुखको सचिवालयले श्रम संस्कृति पार्टीलाई टेलिफोनमार्फत बैठकमा आउन जानकारी गराएको तर, सहभागी नभएको बताएको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण