अपडेट
सभामुखले बोलाएको बैठकमा श्रम संस्कृति पार्टी अनुपस्थित
सोमबार, २१ वैशाख २०८३, १२ : २८
सारांश
- सभामुख डोलप्रसाद अर्यालले बोलाएको समसामयिक विषयमा छलफल गर्ने बैठकमा श्रम संस्कृति पार्टी अनुपस्थित भएको छ ।
- सिंहदरबारमा सोमबार बसेको बैठकमा सत्ता पक्ष र विपक्षमा रहेका दलका प्रमुख सचेतक र सचेतकहरूलाई बोलाइएको थियो ।
- प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा, श्रम संस्कृति पार्टी र राप्रपाको प्रतिनिधित्व रहेको छ ।
काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधिसभा सभामुख डोलप्रसाद (डीपी) अर्यालले बोलाएको बैठकमा श्रम संस्कृति पार्टी अनुपस्थित भएको छ । सोमबार सिंहदरबारमा जारी बैठकमा सो पार्टी अनुपस्थित भएको हो ।
सभामुख अर्यालले सत्ता पक्ष र विपक्षमा रहेका दलहरूका प्रमुख सचेतक र सचेतकहरूसँग समसामयिक विषयमा छलफल गर्न सभामुख अर्यालले बैठक आह्वान गरेका छन् ।
प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधित्व गर्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने
-
विद्युत् महसुलमा ५० प्रतिशत अनुदान
-
मेसीको दुई गोलसँगै अर्जेन्टिनाको लगातार दोस्रो जित
-
इरान वार्ताका क्रममा रुबियो खाडी क्षेत्रको भ्रमणमा
-
मनसुन प्रवेश भएको क्षेत्रमा भारी वर्षा
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण