रास्वपा सांसद भन्छन्- सुर्खेत विमानस्थल विस्तारकाे विकल्प छैन
सुर्खेत। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद रमेश कुमार सापकाेटाले वर्तमान सुर्खेत विमानस्थल विस्तार गर्नुकाे विकल्प नरहेको बताएका छन्।
मंगलबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै सुर्खेत-२ मा सांसद सापकाेटाले नयाँ विमानस्थलका कुरा उठे पनि तत्कालका लागि वर्तमान विमानस्थल विस्तार गर्नु नै उपयुक्त रहेको उनले बताए।
'विस्तारकाे विषय प्रभावित क्षेत्रका नागरिक अन्याैलमा मात्रै हैन् निकै सास्ती खेपिरहेका छन्,' उनले भने, 'याे अन्याैलता चाडैं अन्त्य गराउन लागिरहेको छु।'
लामाे समयदेखि विस्तारकाे कुरा उठे पनि राजनीतिक दलहरूकाे कारण विमानस्थल न विस्तार कार्य अगाडि बढ्न सकेको छैन।
यस्तै सापकोटाले अलपत्र अवस्थामा रहेको पश्चिम सुर्खेतको चाैकुने सिमेन्ट कारखानाकाे काम अगाडि बढाउन पहल भइरहेको पनि बताए।
' छलफल भएको छ, प्रक्रियाका कुराहरूलाई लिएर समस्या भएको रहेछ, ' उनले भने, 'म केही दिनअघि आफै उद्योग मन्त्रालयमा पुगेर छलफल गरेकाे छु।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२०२६ विश्वकपमा चम्मिन तयार १२ किशोर खेलाडी
-
बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी
-
पश्चिम बंगालमा बुलेट ट्रेन परियोजना घोषणा
-
घानामा आलोचकहरूको बढ्दो गिरफ्तारी, अभिव्यक्ति स्वतन्त्रतामाथि चिन्ता
-
प्रधानमन्त्रीको बालेनको अभिव्यक्तिविरुद्ध श्रम संस्कृति पार्टीको प्रदर्शन
-
विश्वभरका साना जलाशयको क्षमता घट्दै : अध्ययन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण