घमाहा खोलाको पुल भासिँदा डाइभर्सनबाट यातायात सञ्चालन
मङ्गलबार, २२ वैशाख २०८३, १७ : ०३
बुटवल । रुपन्देहीको सैनामैना नगरपालिकामा रहेको घमाहा खोलाको पुल भासिँदा डाइभर्सनबाट सवारीसाधन सञ्चालन गरिएको छ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवलका अनुसार लगातारको वर्षाले बुटवल–गोरुसिङ्गे सडकखण्ड अन्तर्गत सैनामैना नगरपालिका–मुर्गिया नजिक रहेको उक्त पुल आज दिउँसो भासिएको हो।
निर्माणाधीन सडकमा पुल भासिएपछि तत्काल वैकल्पिक मार्ग डाइभर्सन तयार गरी यातायात सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ।
सो क्षेत्रमा बुटवलदेखि गोरुसिङ्गेसम्म करिब ५० किलोमिटर सडकखण्ड हाल निर्माणाधीन अवस्थामा छ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण