बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

इरान तनावबिच विश्व बजार अस्थिर, तेल मूल्य घट्यो

मङ्गलबार, २२ वैशाख २०८३, १९ : ५७
मङ्गलबार, २२ वैशाख २०८३

काठमाडाैँ । संयुक्त राज्य अमेरिका र इरानबिच बढ्दो तनावकाबिच विश्व सेयर बजार मंगलबार मिश्रित देखिएको छ भने तेलको मूल्य प्रारम्भिक वृद्धि पछि पुनः घटेको छ।

अमेरिकी बजारमा अघिल्लो दिनको गिरावटपछि विश्व बजारमा सावधानीपूर्ण कारोबार देखिएको हो। अमेरिकी फ्युचर्स करिब ०.२ प्रतिशतले बढेको छ।

युरोपेली बजारतर्फ बेलायतको मुख्य सूचक ०.८ प्रतिशतले घटेर १० हजार २८०.८७ मा झरेको छ । फ्रान्सको प्रमुख सूचक ०.६ प्रतिशतले बढेर ८ हजार २६.८९ पुगेको छ भने जर्मनीको प्रमुख सूचक १ प्रतिशतले बढेर २४ हजार २३२.४५ मा पुगेको छ।

एसियाली बजारमा भने जापान, दक्षिण कोरिया र चीनमा सार्वजनिक बिदाका कारण कारोबार न्यून रहेको थियो । हङकङको प्रमुख सूचक ०.८ प्रतिशतले घटेको छ भने ताइवानको बजार ०.२ प्रतिशतले बढेको छ।

अष्ट्रेलियाको प्रमुख सूचक ०.२ प्रतिशतले घटेको छ । त्यहाँको केन्द्रीय बैंकले ब्याजदर ४.३५ प्रतिशत पुर्‍याएको छ। मध्यपूर्वको द्वन्द्वका कारण इन्धन र कच्चा पदार्थको मूल्य बढ्दै गएपछि मुद्रास्फीति नियन्त्रण गर्न यस्तो निर्णय गरिएको हो।

यसैबिच हर्मुज जलडमरू क्षेत्रमा तनाव बढ्दै जाँदा युद्धविरामको अवस्था कमजोर भएको छ। अमेरिकी सेनाले नागरिक जहाज लक्षित गरेको भन्दै इरानी डुङ्गाहरू डुबाएको जनाएको छ भने अमेरिकी झण्डा बोकेका दुई जहाज सुरक्षित रूपमा उक्त मार्ग पार गरेका छन्।

तेल बजारमा प्रारम्भिक वृद्धि देखिए पनि तनाव केही कम हुने संकेतसँगै मूल्य पुनः घटेको विश्लेषकहरूले बताएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप