महिलाको हत्या गरेर शिवपुरीको जङ्गलमा गाडेको अवस्थामा शव फेला
सारांश
- शिवपुरी राष्ट्रिय निकुञ्जको फेदीमा एक महिलाको शव गाडेको अवस्थामा भेटिएको छ।
- हराएकी ४५ वर्षीया सरिता तिवारीको शव हत्या गरी जङ्गलमा गाडेको अवस्थामा फेला परेको हो।
- प्रहरीले मृतकका प्रेमी अनिल डङ्गोललाई पक्राउ गरी घटनाको अनुसन्धान गरिरहेको छ।
काठमाडौँ । काठमाडौँको टोखा नगरपालिका–१ स्थित शिवपुरी राष्ट्रिय निकुञ्जको फेदीमा एकजना महिलाको शव गाडेको अवस्थामा भेटिएको छ ।
तारकेश्वर नगरपालिका–३ स्थित जितपुरफेदी बस्दै आएकी ४५ वर्षीया सरिता तिवारीको शव भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए ।
वैशाख ११ देखि तिवारी हराएकी थिइन् । उनको शव जङ्गलमा गाडेको अवस्थामा फेला परेको हो । हत्या गरेर शव गाडेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको एसपी भट्टराईले बताए ।
उनको हत्या गरेको आरोपमा प्रहरीले टोखा नगरपालिका–२ बस्ने ३५ वर्षीय अनिल डङ्गोललाई पक्राउ गरेको छ । आरोपीविरुद्ध अदालतबाट ज्यान सम्बन्धी कसुरमा ७ दिनको म्याद लिएर प्रहरी वृत्त महाराजगन्जले अनुसन्धान गरिरहेको छ ।
मृतक र आरोपी पूर्व परिचित हुन् । उनीहरू प्रेम सम्बन्धमा रहेको र सम्बन्धमा खटपट भएपछि हत्या गरेको अनुसन्धानमा संलग्न एकजना अधिकृतले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
-
रास्वपा महाधिवेशनको दोस्रो दिन: बन्द सत्रको कार्यतालिका संशोधन
-
राप्रपाका पूर्वअध्यक्षत्रयको संयुक्त वक्तव्य, ‘हाम्रै जीवनकालमा पार्टी पतन भएको हेर्न चाहँदैनौं’
-
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन
-
तनहुँमा आर्थिक गणना : लक्ष्यभन्दा बढी प्रतिष्ठान समेटिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण