शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

कर्णाली प्रदेश समन्वय परिषद्को बैठक : नीति तथा कार्यक्रमबारे छलफल

बुधबार, २३ वैशाख २०८३, १० : ३०
बुधबार, २३ वैशाख २०८३

सारांश

  • कर्णाली प्रदेश समन्वय परिषद्को एघारौँ बैठक सुर्खेत वीरेन्द्रनगरमा मुख्यमन्त्री यामलाल कँडेलको अध्यक्षतामा सुरु भएको छ ।
  • बैठकमा दशौँ बैठकका निर्णयहरूको पुनरावलोकन, कर्मचारीहरूको विवरण, विकास आयोजना, साझा अधिकार, राजस्व र आगामी आवको नीति तथा कार्यक्रमबारे छलफल हुनेछ ।
  • प्रदेश तथा स्थानीय तहबीच समन्वय, बेरुजु फर्छ्याेट, कानुन निर्माण र अभिलेखीकरण जस्ता विषयमा छलफल गरी निर्णय गरिने छ ।

सुर्खेत । कर्णाली प्रदेश समन्वय परिषद्को एघारौँ बैठक सुरु भएको छ । मुख्यमन्त्री यामलाल कँडेलको अध्यक्षतामा आज सुर्खेत वीरेन्द्रनगरमा बैठक सुरु भएकाे हाे । 

बैठकमा दशौँ बैठकका निर्णयहरूको पुनरावलोकन, स्थानीय तहका कर्मचारीहरूको विवरण तथा कामकाज, प्रदेश सरकार र स्थानीय तहबाट सञ्चालन हुने विकास आयोजना तथा साझा अधिकारका विषयमा समन्वय र अन्तरसम्बन्ध कायम, स्थानीय तहले प्रदेशलाई पठाउने राजस्व र आगामी आथिक वर्षको नीति तथा कार्यक्रम र बजेट तर्जुमाका सम्बन्धमा छलफल हुने जनाइएको छ ।

प्रदेश सरकारका प्रमुख सचिव वीरेन्द्रकुमार यादवका अनुसार बैठकमा प्रदेश तथा स्थानीय तहबीचको समन्वयमा थप प्रभावकारी बनाउने, बेरुजु फर्छ्याेट सम्बन्धी क्षमता विकास, स्थानीय तहले बनाएको कानुनको प्रदेश अभिलेखीकरण गर्ने र कानुन निर्माणका विषयमा छलफल गरी आवश्यक निर्णय गरिने छ ।

बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री राजीविक्रम शाह, परिषद् सदस्य, नगरपालिका महासङ्घ, गाउँपालिका महासङ्घ र जिल्ला समन्वय समिति महासङ्घका प्रमुख एवं प्रतिनिधिहरू आमन्त्रित सदस्यका रूपमा सहभागी भएका छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप