सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

फेवातालमा डुंगा पल्टियो, एक जनाको उद्धार

बुधबार, २३ वैशाख २०८३, १७ : ५२
बुधबार, २३ वैशाख २०८३

सारांश

  • कास्कीको पोखरास्थित फेवातालमा बुधबार हावाहुरीका कारण डुंगा पल्टिएको छ ।
  • सशस्त्र प्रहरीले डुंगा पल्टिएर अलपत्र परेका एक जनाको सकुशल उद्धार गरेको छ ।
  • तनहुँ घर भई पोखरा बस्ने २८ वर्षीय सुबिन ठकुरीले चलाएको एकल कायक बोट पल्टिएको थियो ।

कास्की । हावाहुरीका कारण कास्कीको पोखरास्थित फेवातालमा डुंगा पल्टिएको छ । बुधबार अचानक आएको हावाहुरी र छाल कायक डुंगा  पल्टिएर अलपत्र परेका एक जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको हो । 

तनहुँ जिल्लाको भिमाद नगरपालिका घर भई हाल पोखरा महानगरपालिका–६ बैदाम बस्ने २८ वर्षीय सुबिन ठकुरीले चलाएको उक्त एकल कायक बोट पल्टिए थियो । 

यसबारे खबर पाउनासाथ फेवाताल वाच एन्ड रेस्क्यु टावरबाट सशस्त्र प्रहरी सहायक निरीक्षक देवेन्द्र केसीको कमान्डमा खटिएको टोलीले उनलाई सकुशल उद्धार गरेको सशस्त्र प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप