धुर्मुस, सुन्तली र कृष्ण घिमिरे सहकारीको ऋण नतिरेर विदेश गएको आरोप
सारांश
- जेष्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सीताराम कट्टेल (धुर्मुस), कुन्जना घिमिरे (सुन्तली) र कृष्ण घिमिरेमाथि करिब ७० लाख रुपैयाँ ऋण नतिरी विदेशमा मोजमस्ती गरेको आरोप लगाएको छ ।
- सहकारीका अनुसार कृष्ण घिमिरेको नाममा ६ महिनाका लागि भन्दै कर्जा प्रवाह गरिएको थियो, जुन चितवनको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका क्रममा आर्थिक अभाव भएपछि दैनिक उठ्ने सहयोग रकमबाट चुक्ता गर्ने सर्तमा दिइएको थियो ।
- सहकारीले ऋण तिर्न आग्रह गर्दा गैरजिम्मेवार जवाफ दिने गरेको र धुर्मुस-सुन्तली अमेरिकामा घर किनेर बसेको तर ऋण तिर्न चासो नदिएको भन्दै अब कानुनी बाटो अपनाउने चेतावनी दिएको छ ।
काठमाडौं । जेष्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेडले चर्चित कलाकार सीताराम कट्टेल (धुर्मुस), कुन्जना घिमिरे (सुन्तली) र उनीहरूका नातेदार कृष्ण घिमिरेमाथि संस्थाको ऋण नतिरेर गैरजिम्मेवार बनेको आरोप लगाएको छ । सहकारीले सामाजिक सञ्जालमार्फत एक सार्वजनिक अपिल जारी गर्दै करिब ७० लाख रुपैयाँ ऋण नतिरी उनीहरू विदेशमा मोजमस्ती गरिरहेको दाबी गरेको हो ।
सहकारीका अनुसार धुर्मुस–सुन्तली फाउन्डेसनका सञ्चालक सदस्य एवं सीताराम कट्टेलका सालो कृष्ण घिमिरेको नाममा ६ महिनाका लागि भन्दै कर्जा प्रवाह गरिएको थियो । चितवनमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका क्रममा आर्थिक अभाव भएर फाउन्डेसनको चेक बाउन्स हुने र कालोसूचीमा पर्ने अवस्था आएपछि, दैनिक उठ्ने सहयोग रकमबाट चुक्ता गर्ने सर्तमा उक्त ऋण दिइएको सहकारीले जनाएको छ ।
सहकारीले जारी गरेको विज्ञप्तिमा कृष्ण घिमिरे हाल बेलायतमा रहेको र ऋण तिर्न आग्रह गर्दा 'भिनाजुसँग कुरा गर्नुस्' वा 'महानगरले तिर्छ' जस्ता गैरजिम्मेवार जवाफ दिने गरेको उल्लेख छ । त्यसैगरी, सीताराम कट्टेल र कुन्जना घिमिरे हाल अमेरिकामा रहेको र त्यहाँ घर समेत किनेर सुखद जीवन बिताइरहेका तस्विर सार्वजनिक भइरहेको तर संस्थाको ऋण तिर्न चासो नदिएको सहकारीको भनाइ छ ।
'तपाईँहरूको कारण हामीले सदस्यहरूको बचत फिर्ता गर्न सकेका छैनौँ, ३ वर्ष भइसक्यो,' सहकारीले धुर्मुस-सुन्तलीलाई लक्षित गर्दै भनेको छ, 'करिब ७० लाख तिर्न बाँकी देखिन्छ । जनताको रगत-पसिनाको कमाइ नतिरी विदेशमा मोजमस्ती गर्नु अन्याय होइन ?'
सहकारीले अब ऋण असुलीका लागि कानुनी बाटो अपनाउने चेतावनी दिएको छ । 'अन्यथा सरकार कडा छ, ऋण असुलीका लागि कानुनी बाटोमा संस्था अघि बढिसकेको छ,' विज्ञप्तिमा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशन : सर्यो मतदानको समय
-
मेसीबारे प्रश्नमा रोनाल्डोको जवाफः मलाई कुनै वास्ता छैन
-
१४ गाउँपालिकाले ल्याएनन् समयसीमाभित्र बजेट, अध्यक्षको अस्वस्थतादेखि सहमति अभावसम्म
-
ओमप्रसाद पाण्डेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
लहान नगरपालिकाले ल्यायो एक अर्ब ३८ करोडको बजेट
-
मकवानपुरका १० मध्ये ९ वटा स्थानीय तहले ल्याए बजेट, प्राथमिकतामा पूर्वाधार, शिक्षा र कृषि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण