यातायात क्षेत्रको सुधारका लागि ठोस मार्गचित्र निर्माण गर्न मन्त्री लम्सालको आग्रह
सारांश
- भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले यातायात क्षेत्रको समग्र सुधार र दिगो विकासका लागि ठोस मार्गचित्र निर्माण गर्नुपर्ने बताएका छन् ।
- मन्त्री लम्सालले महासंघले सार्वजनिक यातायात व्यवस्थापन, सेवाको गुणस्तर अभिवृद्धि र यात्रा सुरक्षामा पुर्याउँदै आएको योगदानको प्रशंसा गरे ।
- यातायात क्षेत्र राष्ट्रको आर्थिक, सामाजिक तथा पर्यटन विकाससँग प्रत्यक्ष जोडिएको आधारभूत क्षेत्र भएको उल्लेख गर्दै उनले यस क्षेत्रको आधुनिकीकरण र सेवामुखी रूपान्तरणका लागि सरकार र निजी क्षेत्रबिचको सहकार्य अझ सुदृढ हुनुपर्ने आवश्यकता औँल्याएका छन् ।
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले यातायात क्षेत्रको समग्र सुधार र दिगो विकासका लागि ठोस मार्गचित्र निर्माण गर्नुपर्ने बताएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौँ राष्ट्रिय महाधिवेशनको अवसरमा एक शुभकामना सन्देश जारी गर्दै मन्त्री लम्सालले सो कुरा बताएका हुन् ।
महाधिवेशनमा सहभागी देशभरका प्रतिनिधि तथा आयोजकहरूलाई शुभकामना दिँदै उनले महासंघले सार्वजनिक यातायात व्यवस्थापन, सेवाको गुणस्तर अभिवृद्धि र यात्रा सुरक्षामा पुर्याउँदै आएको योगदानको प्रशंसा गरे ।
मन्त्री लम्सालले आफ्नो सन्देशमा भनेका छन्,‘देशभरका यातायात व्यवसायीहरूको साझा छाता संगठनको रूपमा महासंघले पुर्याएको योगदान प्रशंसनीय छ । यस महत्त्वपूर्ण महाधिवेशनले समग्र यातायात क्षेत्रको सुधार, नीतिगत स्पष्टता र दिगो विकासका लागि ठोस मार्गचित्र निर्माण गर्ने विश्वास लिएको छु ।’
यातायात क्षेत्र राष्ट्रको आर्थिक, सामाजिक तथा पर्यटन विकाससँग प्रत्यक्ष जोडिएको आधारभूत क्षेत्र भएको उल्लेख गर्दै उनले यस क्षेत्रको आधुनिकीकरण र सेवामुखी रूपान्तरणका लागि सरकार र निजी क्षेत्रबिचको सहकार्य अझ सुदृढ हुनुपर्ने आवश्यकता औँल्याएका छन् ।
मन्त्री लम्सालले महाधिवेशनले यातायात क्षेत्रका विद्यमान चुनौतीहरूका बारेमा गहन छलफल गरी व्यवहारिक र प्रभावकारी निष्कर्ष निकाल्ने अपेक्षा समेत व्यक्त गरेका छन् ।
यातायात व्यवसायीहरूको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौँ राष्ट्रिय महाधिवेशनको अन्तिम तयारी बैठक पोखरामा बस्ने भएको छ । महासंघका महासचिव डेकनाथ गौतमले सातौँ राष्ट्रिय महाधिवेशनलाई भव्यताका साथ सम्पन्न गर्नका लागि बैशाख २६ गते पोखरा इभेन्ट सेन्टरमा बैठक आह्वान गरेका छन् ।
बैठक साँझ ५ः३० बजे बस्नेछ । महासंघको सातौँ राष्ट्रिय महाधिवेशन आगामी बैशाख २७, २८ र २९ गते पोखरामा हुँदैछ ।
महासचिव गौतमले बैठकमा उपस्थित हुनका लागि महासंघका अध्यक्ष, प्रमुख सल्लाहकार, वरिष्ठ उपाध्यक्षहरू, सचिव, कोषाध्यक्षलगायत सम्पूर्ण केन्द्रीय पदाधिकारी, प्रदेश संयोजक र सदस्यलाई अनिवार्य उपस्थित हुन अनुरोध गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीरगञ्जको नीति तथा कार्यक्रम : सुशासनयुक्त महानगरमा जोड, नागरिक केन्द्रित सेवा प्रणाली
-
विश्वकप २०२६ः सबै टोलीको दोस्रो खेल सकिँदा के–के भयो अहिलेसम्म ?
-
रास्वपा महाधिवेशन ‘साइड इफेक्ट’ : प्रतिनिधि सभा बैठक सर्यो
-
पार्टी स्थापनाको छोटो समयमै सरकारको नेतृत्व गर्ने कीर्तिमान रास्वपाले बनाएको हो ?
-
मेटाले सार्वजनिक गर्यो सस्तो मूल्यकाे एआई स्मार्ट चस्मा
-
न्यायपालिकाको स्वतन्त्रता न्यायाधीशको प्रयासले मात्रै सम्भव हुँदैन : न्यायाधीश फुयाँल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण