कर्णालीका मुख्यमन्त्री भन्छन्– भूमिहीन सुकुमबासीमाथि ज्यादती भएको छ
शुक्रबार, २५ वैशाख २०८३, १६ : ०३
सारांश
- कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले सरकारी जग्गा खाली गराउने नाममा भूमिहीन सुकुमबासीमाथि ज्यादती भइरहेको बताएका छन्।
- उनले यो ज्यादती बन्द गर्न केन्द्र सरकारलाई आग्रह गरेका छन्।
- वास्तविक अवस्था अध्ययन नगरी सुकुमबासी बस्ती खाली गराउने कार्यले सर्वसाधारण त्रसित बनेको कँडेलको भनाइ छ।
सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले सरकारी जग्गा खाली गराउने नाममा भूमिहीन सुकुमबासीमाथि ज्यादती भइरहेको बताएका छन्।
यो ज्यादती बन्द गर्न उनले केन्द्र सरकारलाई आग्रह पनि गरेका छन् । शुक्रबार वीरेन्द्रनगर नगरपालिकाको ५०औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले भने,‘जनतालाई कानुन कार्यान्वयनको नाममा आतङ्कित बनाउने काम भएको छ।’
लोकतान्त्रिक व्यवस्थामा जनताले सुरक्षित र आश्वस्त महसुस गर्न पाउनुपर्ने भए पनि पछिल्लो समय सुकुमबासी व्यवस्थापनको नाममा नागरिक उकुसमुकुसको अवस्थामा रहेको उनले टिप्पणी गरे।
वास्तविक अवस्था अध्ययन नगरी सुकुमबासी बस्ती खाली गराउने कार्यले सर्वसाधारण त्रसित बनेको कँडेलको भनाइ छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घानामा आलोचकहरूको बढ्दो गिरफ्तारी, अभिव्यक्ति स्वतन्त्रतामाथि चिन्ता
-
प्रधानमन्त्रीको बालेनको अभिव्यक्तिविरुद्ध श्रम संस्कृति पार्टीको प्रदर्शन
-
विश्वभरका साना जलाशयको क्षमता घट्दै : अध्ययन
-
एकै दिन तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता
-
भारतबाट थप ४ हजार भाइल ‘ कार्बोप्लाटिन’ औषधि आइपुग्दै
-
दिल्ली प्रदर्शनपछि कक्रोच जनता पार्टीविरुद्ध राष्ट्रविरोधी गतिविधिको आरोपमा उजुरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण