शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

‘एक मुठ्ठी बादल’को ‘पल्लो घर’ गीतमा आँचलको छटपटी

शनिबार, २६ वैशाख २०८३, ०९ : १७
शनिबार, २६ वैशाख २०८३

सारांश

  • साहरा शर्माको निर्देशनमा आगामी जेठ १ गते प्रदर्शनमा आउने फिल्म ‘एक मुठ्ठी बादल’को ‘पल्लो घर’ बोलको गीत सार्वजनिक भएको छ ।
  • गीतमा श्रेया राईको शब्द, संगीत र स्वर छ भने मुख्य अभिनेत्री आँचल शर्मालाई प्रस्तुत गरिएको छ ।
  • भिडियोमा विवाहको तयारी चलिरहेको बेला युवतीका मनमा चल्ने स्मृति र पुराना सम्झनालाई चित्रण गरिएको छ ।

काठमाडौँ । साहारा शर्माको डेव्यु निर्देशन रहेको फिल्म हो ‘एक मुठ्ठी बादल’ । आगामी जेठ १ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘पल्लो घर ..’ बोलको गीत सार्वजनिक गरिएको छ । श्रेया राईको शब्द, संगीत र स्वर गीतमा सुन्न सकिन्छ ।

गीतको भिडियो फिल्मकी मुख्य अभिनेत्री आँचल शर्मालाई प्रस्तुत गरिएको छ । घरमा विवाहको तयारी चल्दै गर्दा एक युवतीको मनमा चल्ने अनेकौँ स्मृतिलाई चित्रण भिडियोमा देख्न सकिन्छ । अझ विषेशगरी विवाहको तयारीमा रहेकी ती युवतीका घरसँग जोडीका पुराना सम्झनालाई स्मरण गरिरहेको अनुभूति गीतको अडियोमा सुनिने शब्दले जनाउँछ ।

फिल्ममा आँचल शर्मा, निशा शर्मा, उषा रजक, भिमा मैनाली, अस्मिता गौतम, शेखर चापागाईँ, मनिष निरौला, सहयोग अधिकारी, गौरव विष्ट, अविरलप्रताप अधिकारी लगायतका कलाकारको अभिनय  छ । सिनेमालाई अभिमन्यु दीक्षितले निर्माण गरेका हुन् भने निकुन श्रेष्ठ कार्यकारी निर्माताको रूपमा रहेका छन् । निर्माण टोलीमा जर्मन निर्माता सारा फाजिलात, सामीप्य राज तिमल्सेना र अनुप पौडेल रहेका छन् ।

गौंथली इन्टरटेनमेन्ट र मन प्रडक्सन मिलेर निर्माण गरेको फिल्म  नेपालमा आरआर फिल्म्सले वितरण गर्दैछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप