प्रदूषण न्यूनीकरणका लागि सवारी साधनको नियमित जाँच
आइतबार, २७ वैशाख २०८३, १० : ५९
काठमाडौँ । काठमाडौँ महानगरपालिका, वातावरण व्यवस्थापन विभागले काठमाडौँ उपत्यकामा बढ्दो वायु प्रदूषण न्यूनीकरणका लागि सवारी साधनको जाँचलाई तीव्रता दिएको छ ।
विभागले उपत्यका ट्राफिक प्रहरी कार्यालयसँगको समन्वयमा यहाँ विभिन्न स्थानमा गुड्ने सवारी साधनको नियमित प्रदूषण जाँच गर्दै आएको हो ।
उपत्यकामा वायुको गुणस्तर सुधार गर्ने उद्देश्यले सडकमा गुडिरहेका सवारी साधनले तोकिएको मापदण्ड पालना गरे/नगरेको यकीन गर्न यो अभियान सञ्चालन गरिएको काठमाडौँ महानगरपालिकाले जनाएको छ ।
प्रदूषण जाँचका क्रममा सरकारले तोकेको मापदण्ड पूरा नगर्ने सवारी साधनलाई प्रहरीले तत्कालै कानुनअनुसार कारबाहीको दायरामा ल्याउने गरेको छ । मापदण्ड विपरीतका सवारीसाधन चलाउँदा वायु प्रदूषण उल्लेख्य रूपमा बढ्ने भएकाले जरिवानासहित कारबाही प्रक्रिया अघि बढाएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विराटनगरबाट हराएको पेट्रोल ट्याङ्कर सुनसरीमा भेटियो
-
यस वर्षको मनसुनबाट ५१ हजार घरधुरी प्रभावित हुने अनुमान
-
मकवानपुरगढी गाउँपालिकाले ल्यायो ७२ करोड ७५ लाखको बजेट
-
‘निःशुल्क बिजुली’, ‘निःशुल्क पानी’ र ‘छोरीसँग मेयर’ कार्यक्रमलाई निरन्तरता दिँदै मौलापुरले ल्यायो ४२ करोडको बजेट
-
रास्वपाको केन्द्रीय सदस्य चयनका लागि राति साढे ८ बजेदेखि मतदान
-
ललितपुरमा सम्पदा क्षेत्रमा ई–शटल बसदेखि फोहोर व्यवस्थापनमा प्रविधिसम्मको बजेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण