सेनाका कमान्डरसँग भेटेर खामेनीले के भने ?
सारांश
- इरानका सर्वोच्च नेता मोज्तबा खामेनीले सैन्य मुख्यालयका कमान्डर अब्दोल्लाहीसँग भेट गरी इरानी सशस्त्र बलको तयारी अवस्थाबारे जानकारी लिएका छन् ।
- मेजर जनरल अब्दोल्लाहीले इरानी सेना उच्च सतर्क अवस्थामा रहेको र अमेरिकी–जायोनिस्ट शत्रुहरूको गतिविधिको प्रतिकार गर्न आवश्यक हतियार तथा उपकरण तयार रहेको बताएका छन् ।
- सर्वोच्च नेता खामेनीले इरानले शत्रुविरुद्ध शक्तिशाली रूपमा उभिन नयाँ निर्देशन दिएका छन् ।
तेहरान । इरानका सर्वाेच्च नेता मोज्तबा खामेनीले वरिष्ठ सैन्य कमान्डर मेजर जनरल अब्दुल्लाहीसँग भेट गरेको इरानी सरकारी सञ्चारमाध्यमहरूले जनाएका छन् ।
पछिल्ला केही दिनयता यो उनको दोस्रो प्रत्यक्ष भेटवार्ता भएको बताइएको छ । अर्ध–सरकारी समाचार संस्था फर्स न्यूज एजेन्सीका अनुसार खामेनीले सैन्य मुख्यालयका कमान्डर अब्दोल्लाहीसँग भेट गरी इरानी सशस्त्र बलको तयारी अवस्थाबारे जानकारी लिएका थिए । भेटवार्तासम्बन्धी कुनै तस्बिर वा भिडियो सार्वजनिक गरिएको छैन ।
मार्च महिनामा अमेरिकी–इजरायली आक्रमणमा उनका पिता तथा पूर्व सर्वेच्च नेता आयतुल्ला अली खामेनीको मृत्यु भएपछि मोज्तबा खामेनी सर्वाेच्च नेतामा नियुक्त भएका थिए । त्यसयता इरानी सञ्चारमाध्यममा उनको कुनै तस्बिर सार्वजनिक नभएकाले उनको स्वास्थ्य र अवस्थाबारे विभिन्न अड्कलबाजी हुँदै आएको छ ।
मेजर जनरल अब्दोल्लाहीले इरानी सेना उच्च सतर्क अवस्थामा रहेको र अमेरिकी–जायोनिस्ट शत्रुहरूको गतिविधिको प्रतिकार गर्न आवश्यक हतियार तथा उपकरण तयार रहेको बताएका छन् । “यदि उनीहरूले कुनै रणनीतिक गल्ती, आक्रमण वा हस्तक्षेप गरे भने इरानले तीव्र, कठोर र शक्तिशाली जवाफ दिनेछ,” उनले भनेका छन् । फार्स न्यूज एजेन्सीका अनुसार सर्वाेच्च नेता खामेनीले इरानले शत्रुका दुष्ट उद्देश्य विफल बनाएको दाबी गर्दै शत्रुविरुद्ध शक्तिशाली रूपमा उभिन नयाँ निर्देशन दिएका छन् ।
यसअघि इरानी राष्ट्रपति मसुद पेजेश्कियनले बिहीबार आफूले खामेनीसँग दुई घण्टा आधा लामो भेटवार्ता गरेको बताएका थिए । यसलाई इरानका नयाँ सर्वाेच्च नेतासँग कुनै उच्च अधिकारीको पहिलो प्रत्यक्ष भेटका रूपमा हेरिएको छ ।
अमेरिकी सञ्चार संस्था सीएनएनले शुक्रबार अमेरिकी गुप्तचर स्रोतहरूलाई उद्धृत गर्दै मोज्तबा खामेनीले वरिष्ठ इरानी अधिकारीहरूसँग मिलेर युद्ध रणनीति निर्माणमा महत्वपूर्ण भूमिका खेलिरहेको जनाएको थियो ।
साथै, अमेरिकासँग युद्ध अन्त्यका लागि भइरहेको वार्तालाई कसरी अगाडि बढाउने भन्ने विषयमा पनि उनले प्रभाव पारिरहेको आकलन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विकट बस्तीमा निःशुल्क आँखा शिविर
-
पानामा र इङ्गल्याण्डबिचको पहिलो हाफ गोलरहित बराबरीमा
-
पहिलो हाफमा घानाविरुद्ध क्रोएसिया १–० ले अगाडि
-
घानाविरुद्ध क्रोएसियालाई महत्त्वपूर्ण अग्रता
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
समूह ‘एल’ को निर्णायक भिडन्त: नकआउट चरणका लागि क्रोएसियाको अन्तिम कसरत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण