भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ
सोमबार, २८ वैशाख २०८३, १० : १३
१
सारांश
- दैलेखको भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाहीलाई बैंकिङ कसुरको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
- शाहीले दिएको ५ लाख रुपैयाँको चेक बाउन्स भएपछि उनीविरुद्ध मुद्दा परेको थियो ।
- प्रहरीले उनलाई हिरासतमा राखी अनुसन्धान गरिरहेको छ र अदालतबाट म्याद थप भएको छ ।
सुर्खेत । दैलेखको भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ परेकी छन् । दैलेख प्रहरीले उनलाई शुक्रबार नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारीसमेत रहेका प्रहरी निरीक्षक सन्तोष रोकायाका अनुसार बैंकिङ कसुरको आरोपमा अध्यक्ष शाहीलाई पक्राउ गरिएको हो । एक जना स्थानीय व्यक्तिलाई उनले दिएको ५ लाख बराबरको चेक बाउन्स भएपछि उनीविरुद्ध मुद्दा परेको थियो ।
‘उहाँलाई जिल्ला प्रहरी कार्यालय दैलेखको हिरासतमा राखी अनुसन्धान भइरहेको छ,’ उनले रातोपाटीसँग भने, ‘थप अनुसन्धानका लागि अदालतबाट म्याद थप भइसकेको छ ।’
अध्यक्ष शाही नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल
-
घानामाथि क्रोएसियाको रोमाञ्चक जित, इङ्गल्याण्ड र क्रोएसियासँगै घाना पनि अन्तिम ३२ मा !
-
विकट बस्तीमा निःशुल्क आँखा शिविर
-
पानामा र इङ्गल्याण्डबिचको पहिलो हाफ गोलरहित बराबरीमा
-
पहिलो हाफमा घानाविरुद्ध क्रोएसिया १–० ले अगाडि
-
घानाविरुद्ध क्रोएसियालाई महत्त्वपूर्ण अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण